
उर्लाबारी, २७ कातिक । मोरङको उर्लाबारी-७ र ३ मा आगलागी भएको छ । आगलागीमा परी प्रहरीसहित २८ जना जलेर घाइते भएका छन् । घाइते मध्ये १ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिने प्रयास गर्दा सटर भित्र विस्पोट भई आगोको मुस्लो बाहीर निस्कीदा मुस्लोमा परी ४ जना प्रहरी सहित आगो निभाउन गएका अन्य २४ स्थानिय घाईते भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
घाईते हुनेहरुमा ईलाका प्रहरी कार्यालय उर्लाबारीको संचार शाखामा कार्यरत प्रहरी साहयक निरीक्षक चुनामणी प्रधान घाईते भएका छन उनको दुवै हातको कुइना मुनी र अनुहारमा आगोको लप्काले भेट्टाएको छ त्यसैगरी अर्का प्रहरी दिलकुमार आर्चायको हत्केला अनुहार र पिडुलामा आगोले जलेको छ भने ऋद्धि किरण राईको शरिरको विभिन्न भागमा चोट पुगेको छ । घाईते ३ जनाको आर्या न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरी दर्वन्दी भई हाल उर्लाबारीमा कार्यरत प्रहरी सहायक हवल्दार मन बहादुर घिसिङको शरिरका विभिन्न भागमा चोट लागेको छ उनको उपचार विएण्सी अस्पताल विर्तामोडमा भईरहेको प्रहरीले जनाएको छ ।
लक्ष्मी पुजा गरेर घरमा बसीरहेका कार्की परिवारले रातको करिव १०ः३० बजेतिर घरको भुइतलामा आगलागी भएको थाहा पाएका थिए ।
आगलागिको कारण भने खुल्न सकेको छैन प्रहरीको प्रारम्भिक अनुसन्धनका आधारमा आगलागिको कारण लक्ष्मी पुजाको दियोबाट आगो सल्केको हुन सक्ने जनाएको छ ।
यस्तै आगलागीमा परी स्थानिय २४ जना घाईते भएका छन् उनिहरुको आर्या अस्पताल विराटनगर, विएण्सी अस्पताल विर्तामोड, लाईफलाईन अस्पताल दमक, रेडपल्स अस्पताल विराटनगर, विराट नर्सिङ होम, रेडक्रस विराटनगर गरी ५ वटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाईतेहुनेहरुमा उर्लाबारी–७ का वर्ष ४२ कुमार तामाङ रहेका छन् उनको शरिरका विभिन्न भागमा जलेर घाईते बनेका हुन उनको गम्भिर रहेको प्रहरीले जनाएको छ उनको उपचार आर्या न्युरो विराटनगरमा भईरहेको छ ।
यस्तै सोही बडा वस्ने वर्ष १४ का बालक अलिबाबु मन्सुर जलेर घाईते भएका छन उनको हातमा आगोले पोलेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोही वडा वस्ने वर्ष २३ का विशाल बस्नेत पनि आगलागीमा परी घाईते भएका छन् उनको अनुहार र हात जलेको छ उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही वडा बस्ने वर्ष ३१ का शिवकुमार विक पनि आगलागीमा परी घाईते भएका छन् उनको अनुहार, हात र छातीमा आगोको पोलेको छ उनको स्वाथ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोही वडा वस्ने वर्ष ५३ का दिनेश शर्मा पनि घाइेते भएका छन् उनको अनुहार, छाती र दुवै हातमा आगोले पोेलेको छ । यस्तै गरी सोही वडा वस्ने वर्ष ४६ का दिपेन्द्र कार्की पनि आगलागिमा परी घाईते भएका छन् उनको दुवै हात र छातीमा आगोले पोलेको छ । यस्तै सोही वडा वस्ने वर्ष २१ का सुमन चौधरी घाईते भएका छन् उनको अनुहार हात र छातीमा आगोले पोलेको प्रहरीले जनाएको छ । सोही वडा वस्ने वर्ष ६४ का कैलाश गुरुङ पनि घाइते भएका छन् उनको टाउको, अनुहार र छातीमा आगोले भेट्टाएको प्रहरीले बताएको छ उनीहरुको उपचार विराटनर्सिङ होम विराटनगरमा भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै गरी आगलागिमा परी घाईते हुने उर्लाबारी–७ वस्ने वर्ष ३१ का सुजन सेन्दाङ पनि घाईते भएका छन् उनको अनुहार, दुवै हात आगोले जलेको छ यसै गरी सोही वडा वस्ने वर्ष ४० का लालबहादुर लिम्वु पनि आगलागिमा परी घाईते भएका छन् उनको हात र खुट्टामा आगोले भेट्टाएको छ । यस्तै गरी सोही वडा वस्ने वर्ष ४३ का कविराज दहालपनि घाईते भएका छन् । भने सोही वडा वस्ने वर्ष ४३ का तपन पण्डित पनि घाईते भएका छन् भने वर्ष २६ का विक्रम शाह पनि आगलागिमा परी घाईते भएका छन् भने वर्ष ३४ का प्रकाश लिम्वु, वर्ष ६८ का घरमुली रुकुम बहादुर कार्की पनि आगलागीमा परी घाईते भएका छन् त्यसै गरी वर्ष ३७ का नविन थापा, वर्ष ४९ का हेमकुमार दहाल, वर्ष १५ का बालक करण संग्रौला, वर्ष ३८ का फोर सन्जित गरी १२ जना घाइतेहरुको झापा विर्तामोडमा रहेको विएण्सी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ घाईते सवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बतायो ।
यसै आगलागिमा परी साही वडा वस्ने वर्ष ४२ का तारामान सेरेङ घाईते भएका छन् उनको दुवै हात, खुट्टा र अनुहारमा आगोले पोलेको प्रहरीले जनाएको छ यसै गरी उर्लाबारी–८ बस्ने वर्ष ३६ का नेत्र भण्डारी पनि घाईते भएका उनको उनको अनुहार ढाड र हातमा आगोले भेट्टाएको प्रहरीले जनाएको छ यसै गरी उर्लाबारी–७ वस्ने वर्ष ३५ का राजन लुइटेल पनि घाईते भएका छन् । घाइतेहरुको विराटनगर स्थित रेडपल्स अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतहरु बोल्न सक्ने अवस्थमा रहेको छन् ।
यस्तै आगलागीमा परी उर्लाबारी नगरपालिका वडा नम्वर–५ बस्ने वर्ष ५५ का रवि तामाङ घाइते भएका छन् उनको हात र खुट्टामा आगोले पोलेको थियो उनको दमक स्थित लाईफ लाईन अस्पतालमा सामान्य उपचार पश्चात आज विहान घर फर्किएको प्रहरीले जनाएको छ ।
आगलागीमा जलेका घाइतेहरू पाँच जना न्युरो आर्या विराटनगर, १२ जना बिएन्डसी अस्पताल विर्तामोड, सात जना विराट नर्सिङ हो विराटनगर, रेडप्लस अस्पताल विराटनगरमा दुई जना, लाइफलाइन अस्पताल दमकमा एक जना गरी २८ जना आगोको मुस्लोमा परी घाईते भएकाहरुको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
कार्कीको घरमा आगलागी सुरू भएपछि निभाउन गएका प्रहरी र स्थानीय घाइते भएका हुन् ।
आगलागिबाट कार्कीको सुनपसल जलेर नष्ट भएको भने बाग्मती प्रदेश ०१–०२५ च ६८४६ नम्वरको कार र मे ८ प ६५०६ नम्वरको मोटरसाईकलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगो निभाउन धेरै समय नलागे पनि आगलागि सुरु भएपछि भएको विस्पोटमा परी मानिसहरु घाईते भएको प्रहरीले जनाएको छ ।
यस्तै गए राति नै उर्लाबारी–३ मंगलबारेमा भएको अर्को आगलागिका कारण स्थानिय लक्ष्मी थापाको गोठ जलेको छ ।
राति करिव १० बजे तिर लागेको आगोले थापाको गोठमा रहेको धान, मकै, तोरी लगाएतका अन्न जलेर नष्ट भएको छ भने गोठमा बाधेको एउटा खसी समेत जलेको प्रहरीले जनाएको छ ।
करिव आधा घण्टाको फरकमा छुट्टाछुट्टै स्थानमा भएको आगलागिबाट लाखौको क्षति भएको प्रहरीले जनाएको छ यद्यपी क्षतिको पुर्ण विवरण भने आउन बाकी रहेको छ । आगो नियन्त्रका लागि उर्लाबारी नगरपाकिा, पथरीशनिश्चरे नगरपालिका बेलबारी, दमक नगरपालिका कानेपोखरी गाउपालिका र कमल गाउपालिकाका आधा दर्जन बारुणयन्त्र र नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानियको प्रयासमा करिव २ घण्टामा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।



