उर्लाबारी, २७ कातिक । मोरङको उर्लाबारी-७ मा रहेको दिपक कार्कीको सुनपसलमा गएराति भएको आगलागिमा परी घाईते भएका १४ जनालाई थप उपचारका लागि काडमान्डौ पठाइएको छ ।
कार्कीको घरमा रहेको सुनपसमा गएराति करिव १०ः३० बजेको समयमा आगलागी हुदा आगो निभाउन भेला भएका ४ प्रहरी सहित २८ जना आगोको लप्कामा परेर घाइते भएका थिए ।
घाइतेहरुको टाउको, शरिरका विभिन्न भागमा आगोको ज्वालाले भेट्टाउदा उनिहरु घाईत भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
घाईते मध्ये विराटनगरको आर्या न्युरो अस्पताल, बिराट नर्सिङ होम र रेडक्रस विराटनगरमा उपचारथ विशाल बस्नेत, शिव कुमार विक, राम नरेश सरिता, दिनेश शर्मा, दिपेन्द्र कार्की, कैलाश गुरुङ, कुमार तामाङ, अलि बाबु मन्सुर, चुडामणी प्रधान, दिल कुमार आर्चाय, ऋषि किरण राई नेत्र भण्डारी, राजन लुइटेल, तारमामान सेरङ गरी १४ जना घाईतेहरुलाई थप उपचारका लागि काठमान्डौ लगिएको हो ।
घाइतेहरुको थप उपचारका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख विरेन्द्र कुमार यादवको अध्यक्षतामा रहेको मोरङ जिल्ला दैवी प्रकोप सुरक्षा समितीको बैठक बसी गृह मन्त्रालय सग समन्वय गरी नेपाली सेनाको विमान मार्फत घाइतेहरुलाई काठमान्डौ लगिएको विराटनगर विमानस्थलमा रहेका संचार क्वल नेपाल उर्लाबारीका पुर्व अध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।
उनिहरुको काठमान्डौ स्थित किर्तीपुरमा रहेको बर्न अस्पतालमा उपचार हुने भएको छ । अन्य घाईतेको विर्तामोड स्थित विएण्सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विमान स्थलमा उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर वडा नम्वर ६ र ७ का वडाअध्यक्ष लगाएत घाईतेका आफन्त र स्थानियहरुको  उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय