उर्लाबारी, २७ कातिक । नेपाली काग्रेस कोशी प्रदेश सहमहामन्त्री एवम उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्ग फागोले उर्लाबारीमा भएको आगलागीको बारेमा कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
फागोले घटनास्थलमा पुगी घटनाबारे विस्तृत जानकारी लिदै उनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई फोन सम्पर्क गरी उपचारमा कुनै कसुर बाकी नराख्न ध्यानकर्षण गराएका थिए ।
कार्कीले घाईतेहरुको उपचारमा प्रदेश सरकार र संघिय सरकारले जिम्मा लिने बताएको सह महामन्त्री फागोको सचिवालयले जनाएको छ ।
यस्तै नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले उर्लाबारीमा भएको आगलागी घटनाबारे कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सग सम्वाद गरी उपचारमा कुनै कसुर बाकी नराख्न ध्यानकर्षण गराएका हुन् ।
यस्तै, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वुले पनि घाईतेहरुको उपचारमा कसुर नराखी उपचार गर्न सरकारको ध्यानाकर्षण गराएको लिम्बुका स्वकीय सचिव साजन कुँवरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय