उर्लाबारी, २८ कातिक । मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछी स्थित दिपक कार्कीको घरमा रहेको स्नेहा सुनचादी पसलमा लागेको आगो नियन्त्रय गर्ने क्रममा घाईते बनेकाहरुको उपचारमा कोशी प्रदेश सरकार गम्भिर रहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीेले बताएका छन् ।
मुख्यमन्त्री कार्की र कोशी प्रदेश नेपाली काग्रेस सहमहामन्त्री खड्ग फागो सहितको टोलिले मंगलबार विहान झापाको विर्तामोडमा रहेको विएण्सी अस्पतालमा उपचाररत १२ जना घाईतेहरुको स्वास्थ्य अवस्था बुझेर फर्केका थिए ।
घाईतेहरुको स्वाथ्य अवस्था बुझेर उर्लाबारी आएका मन्त्री कार्कीले काठमान्डौमा मात्र उपचार सम्वभव नभए विदेशमा समेत लगेर घाईतेहरुको सरकारले उपचार गर्ने पिडितका आफन्त सामु गरेका छन् ।
मन्त्री कार्कीले पिडीत परिवारका सदस्यलाई भेटेर औषधी उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएका कारण कुनै पनि शुल्क नर्तिन आग्रह गरेका छन्।
लक्ष्मी पुजाको रात करिव १०ः३० बजेको समयमा लक्ष्मी पुजा गरेको दियोबाट सल्केको आगोले कार्कीको सुनपसल सहित बाग्मती प्रदेश ०१-०२५ च ६८४६ नम्वरको कार र मे ८ प ६५०६ नम्वरको मोटरसाईकलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
आगलागिमा परी सुनपसल व्यावसाय गर्दै आएका दिपक कार्की घाईते भएका कारण क्षतिको पुणर् विवरण आउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ।
आगलागी हुदा आगो निभाउन गएका ४ प्रहरी सहित २८ जना स्थानिय आगोको लप्कामा परेर घाइते भएका थिए ।
घाइतेहरुको टाउको, शरिरका विभिन्न भागमा आगोको ज्वालाले भेट्टाउदा उनिहरु घाईते प्रहरीले बतायो ।
घाईते मध्ये विराटनगरको आर्या न्युरो अस्पताल, बिराट नर्सिङ होम र रेड पल्स अस्पतालमा उपचारत १४ जनालाई थप उपचारका लागि कातिक २७ गते नेपाली सेनाको जहाज मार्फत काठमान्डौ स्थित बर्न अस्पताल किर्तीपुर लगिएको छ ।
यस्तै आज मुख्य मन्त्री कार्की, मन्त्री शमशेर राई र काग्रेस सहमहामन्त्री फागो सहितको टोलीले र विएण्सी अस्पताल प्रशासन सग घाईते हरुको अहिले सम्म भएको खर्च सरकारले ब्यहोर्ने समझौता गरेपछि विएण्सी अस्पतालमा उपचारत घरमुली वर्ष ६८ का रुकुम बहादुर कार्की उनका छोरा दिपक कार्की लगाएत उपचारत १० जनालई नेपाली सेनाको जहाज मार्फत भद्रपुर विमानस्थलबाट काठमान्डौ लगिएको छ ।
घाइते मध्ये २ जनालाई भारतमा रहेका आफन्तले उपचारका लागि जिम्मा लिएर लगेका छन् भने नेपाल प्रहरीका एक जनालाई हिजो राति काठमान्डौ पुर्याइएको छ भने झापाको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचारत एक जनाको डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।