काठमाडौँ , ३० कातिक । बर्तमान समयमा उपयोग गर्न जान्यो भने इन्टरनेट वरदान हो ।

आफूले खोजेको, चाहेको अनेकौँ उपयोगी जानकारीहरू यसमा केही दबाएकै भरमा आँखा सामुन्ने आउँछ । तर अनलाइनमा भएका सबैकुरा सत्य हुन्नन् । 

सबै जानकारीलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्न र हुन्न पनि । यो कुरा हर कोहीले बुझ्न जरुरी छ । खास गरी मेडिकलजानकारीहरु ।

पछिल्लो समय अनलाइनमा खोजी गरेर आफैँ डाक्टर बन्न खोज्नेहरूको कमी छैन । यस्तो बानीले गर्दा कहिलेकाहीँ मानिसको ज्यानैजान पनि सक्छ । रोमानियामा पनि यस्तै एउटा घटना भएको छ ।

हालै डाक्टरहरूले रोमानियाका एक पुरुषलाई बचाएका छन् । आफूमा देखिएको केही लक्षणहरू अनलाइनमा चेक गर्दा आन्द्राकोक्यान्सरसँग मिल्दोजुल्दो भेटिएपछि ती पुरुषले आत्महत्याको कोसिस गरेका थिए ।

यो घटना रोमानियाको बोतोसानी शहरमा शनिबार भएको हो । नाम नखुलेका ती पुरुष केही समयदेखि आन्द्रा दुखेर चिन्तित थिए । 

आफूलाई भएको समस्या उनले डाक्टरलाई बताएनन् न त अस्पताल नै गए । बरु अनलाइनमा आफूमा देखिएको लक्षणबारे खोजतलास गरे । यस क्रममा लक्षणहरू आन्द्रा क्यान्सरसँग मिल्दो पाए ।

आफूलाई क्यान्सर नै भएको निधो गरेर पनि उनी औषधि उपचार गराउन गएनन् । बरु झन् झन् डिप्रेसनमा डुब्दै गए । एक दिन श्रीमतीपनि घरमै भएको बेलामा आउट हाउसमा गएर एङ्गल ग्राइन्डरले पाखुरा काटेर आफैँलाई सिध्याउने प्रयास गरे । श्रीमतीसँग माफी माग्दैम्यासेज पठाए । 

श्रीमती आउटहाउसमा पुग्दासम्म ती पुरुषको बायाँ हातको पाखुरा छिन्नै लागेको थियो । तत्कालै उनलाई अस्पताल लगियो ।डाक्टरहरुले ती पुरुषलाई बचाउन सके । अहिले ती पुरुष स्वास्थ्यलाभ गरिरहेको बताइएको छ । उनको पेटको समस्याको बारेमा पनिजाँच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय