उर्लाबारी, १ मसिर । कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागीघटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया हुँदै छ ।
घटनाका घाइतेमध्ये कम सिकिस्त अवस्थामा रहेका पाँचजनाको शल्यक्रिया गर्न लागिएको अस्पताल निर्देशक डा. शंकरमान राईलेबताए ।
“घाइतेमध्ये शल्यक्रिया गर्न मिल्ने पाँचजनाको आज शल्यक्रिया गर्दै छौँ, आईसीयूमा राखिएका ९ जनाको उपचार धेरै लम्बिनसक्छ,” डा. राईले भने ।
आज शल्यक्रिया गर्नेहरूलाई भने केही दिनपछि डिस्चार्ज गर्न सकिने उनले बताए ।