उर्लाबारी , १ मसिर । उर्लाबारी आगलागी घटनाका घाइतेहरुको अवस्थाका बारेमा बुझ्न जापान बाट इताबाशी मेडिकल एसोसिएसन अस्पतालका पूर्व निर्देशक एबम निहोन युनिभर्सिट स्कूल अफ मेडिसिनका क्लिनिकल प्रोफेसर डा. हिरोयुकी इजुमी आउने हुनुभएको हो ।
नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवि थापाको पहलमा शनिबार डा. इजुमी आउने हुनुभएको हो । शनिबार साँझ सिनियर डाक्टरसमेत रहनुभएका इजुमीसहितको टोली आइपुग्ने थापाले जानकारी दिनुभएको छ । थापाका अनुसार उर्लाबारी आगलागीघटनाका पीडितहरुको अवस्था बुझ्ने र थप उपचारका लागि समन्वय गरिनेछ । घाइतेहरुको आत्मबल बढाउन पनि जापानबाट डा. इजुमी आउन लाग्नु भएको उहाँको भनाई छ।
थापाले घाईतेहरुका कुरुवाहरुका लागि समेत खानाको समेत ब्याबस्था गर्दै आउनुभएको छ ।
गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो ।
कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया भएको छ ।
आज शल्यक्रिया गर्नेहरूलाई भने केही दिनपछि डिस्चार्ज गर्न सकिने उनले बताए ।