काठमाडौँ, मङ्सिर २ । सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्धगरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट नेपालमा टिकटकप्रतिबन्ध गर्ने निर्णय गरेको हो । तर अहिले डोमिन नेम सिस्टम (डिएनएस) र भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) का माध्यमबाट टिकटकसञ्चालन भइरहेको छ ।
व्यक्तिगत डाटा र साइबर सुरक्षाको जोखिम मोलेर नेपालभित्र टिकटक प्रयोग भइरहेको हो । साइबर सुरक्षाविज्ञ र सरोकारवालाहरूलेनिःशुल्क भिपिएन र डिएनएस प्रयोग गर्दा त्यसका उत्पादकले प्राप्त गर्ने पहुँच निकै जोखिमपूर्ण हुने बताउनुभएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्को निर्णयले प्रतिबन्ध गरेको टिकटक अन्य गेटवेमार्फतचलाउनु आफैँमा गैरकानुनी रहेको बताउनुभयो । उहाँले यसअघि पनि विभिन्न बहानामा सर्वसाधारण ठगिएका घटना धेरै आएको बताउँदैभिपिएन र डिएनएसको प्रयोग गर्दा जोखिम हुने विषयप्रति सचेत हुन सबै प्रयोगकर्तालाई आग्रह गर्नुभयो । सञ्चारमन्त्री शर्मालेव्यक्तिगत सुरक्षाका लागि पनि साइबर सुरक्षाविज्ञको सुझाव अनुसार भिपिएन प्रयोग गर्दा जोखिम हुने भएकाले प्रयोग नगर्न आग्रहगर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालका विकल्प छन्, कसैको व्यापार व्यवसाय नै टिकटकमा प्रवर्धन गरिएको थियो भने पनिअर्को विकल्प प्रयोग गरेर प्रवर्धन गर्न सकिन्छ, अनलाइन व्यापार प्रवर्धनकै कुरा हो ।”
उहाँका अनुसार सरकारले यस विषयमा जनचेतना अभियान चलाउनुपर्ने तयारी गरेको छ । उहाँले निःशुल्क भिपिएन प्रयोग गरेर टिकटकचलाउनेले आफ्नै सुरक्षाका लागि पनि यसो नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अनलाइनबाटै धेरै नेपाली ठगिएका छन्, सुकुम्बासीहुने अवस्थामा पुगेका घटना छन् ।
पुरस्कार प¥यो भनेर बैङ्क खाता रित्तिएका थुप्रै घटना छन् । त्यसैले भिपिएनमा मोबाइल फोनको सम्पूर्ण डाटामा ह्याकरले पहुँच राख्नेर ह्याक गर्ने जस्ता कार्य हुन सक्छन् । त्यसैले सरकारले सचेत गराउँछ । सञ्चार मन्त्रालयले पनि गम्भीर ढङ्ग सचेतना कार्यक्रम अघिबढाउँछ ।”
मन्त्री शर्माले सामाजिक सञ्जालको प्रयोग सामाजिक मूल्यमान्यता, परम्परा, प्रचलन, कानुन र संविधानभित्र रहेर प्रयोग गर्नुपर्नेबताउनुभयो । उहाँले सकारात्मक रूपमा कृषि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरेर दुई गुणा बढी उत्पादन गर्नसकिएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने प्रस्ट पार्नुभयो ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले भिपिएन प्रयोग गर्दा व्यक्तिको डाटा चुहावट हुन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।उहाँले दूरसञ्चार ऐनले दूरसञ्चार प्रदायकहरूलाई खुकुलो सुविधा दिएकाले सबै नेटवर्क सर्भिस प्रोभाइडर (एनएसपी) हरूले आआफ्नोतरिकाले ब्यान्डविथ ल्याउने कारण नियमनमा चुनौती रहेको बताउनुभयो ।
निःशुल्क डिएनएस र भिपिएन प्रयोग नगर्नू
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान फेडेरेसनका महासचिव एवं साइबरसुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले टिकटक चलाउन प्रयोग भइरहेका भिपिएन र डिएनएस व्यक्तिगत डाटा सुरक्षामा जोखिमपूर्ण हुनेबताउनुभयो । अध्यक्ष खनालले भन्नुभयो, “निःशुल्क भिपिएन प्रयोग गर्न जोखिम हुन्छ । किनभने भिपिएन प्रयोग गर्नुपूर्व त्यसकासर्तहरूमा कहाँ कहाँ एक्सेस राख्ने भएको हुन्छ, त्यो नबुझी प्रयोग गर्दा खतरा हुन्छ ।”
साइबर सुरक्षाविज्ञ अधिकारीले नेपालमा केही दिनयता एक लाखभन्दा बढी भिपिएन र डिएनएस प्रयोग भइरहेको बताउँदै निःशुल्क प्राप्तभिपिएन र डिएनएसले डाटादेखि बैङ्क खातामा पनि पहुँच हुने भएकाले प्रयोग नगर्न सुझाव दिनुभयो । साइबर सुरक्षाविज्ञ अधिकारीलेभन्नुभयो, “टिकटक चलाउन भिपिएन र डिएनएसको प्रयोग बढेको छ । तर निःशुल्क प्राप्त यस्ता गेटवेबाट जुनसुकै बेला साइबरअसुरक्षाको जोखिम हुन सक्छ, त्यसैले यसरी निःशुल्क पाइयो भनेर भिपिएन र डिएनएस प्रयोग नगर्दा नै राम्रो हुन्छ ।”
उहाँले भिपिएनका उत्पादकले व्यक्तिगत तथ्य तथ्याङ्क चोरी गर्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले शुल्क तिरेर प्रयोग गर्नमिल्ने भिपिएन एप केही सुरक्षित हुने बताउनुभयो । उहाँले वान टाइम पासवर्ड (ओटिपी) तथा मोबाइल बैङ्किङ दुरुपयोग गरी व्यक्तिकोखाताबाट करोडौँ रकम गायब भएका घटना स्मरण गर्दै यसरी भिपिएन जस्ता अवैधानिक एपको प्रयोगले व्यक्तिगत खातासँगै बैङ्कलाईपनि अप्ठ्यारो पर्ने बताउनुभयो । गोरखापत्रबाट