उर्लाबारी, ३ मंसिर । तिहार पछि हर्ष र उल्लाहसका साथ मनाईदै आएको छठपर्वको आज तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ दिएर मनाईदै छ ।
छठपर्वको पहिलो दिन नहा खाय मनाईन्छ भने दोस्रो दिन पञ्चमी आर्थत हिजो खरना मनाइयो ।
आज नदी, खोला, तलाउ किनारमा निर्माण गरीएका घाटमा गई अस्ताउदो सुर्यलाई अर्घ दिएर सुर्यदेवताको पुजाआरधाना गरी यो पर्व मनाउने गरीएको छ ।
रातिको समययमा खोलाकिनारमा बर्तांलुहरु सगै भत्तजनहरुको बाक्लो उपस्थिती रहने र सुरक्षा चुनौती बढ्ने भएका कारण मोरङको उर्लाबारीमा आयोजित छठ पुजालाई सुरक्षित र मर्यादित बनाउन यस पटक आयोजकले घाट, बाटो र गल्लीमा सिसीक्यामेरा जडान गरेको छ ।
उर्लाबारी नगरपलिकाको मावा खोला, सोल्टी खोला, रातेहोलीमा तयार भएका करिव १ सय ५१ घाटको सुरक्षा र वरीपरीको गतिविधीलाई नियाल्न सिसीक्यमेरा जडान गरीएको मैथली समाज सेवा समितीका अध्यक्ष पवन चौधरीले बताए ।
गत साल उर्लाबारीमा छठपुजाको बेला २ युवाहरुको समुहविच कुटाकुट हुदा एक जनाको ज्यान गएको थियो ।
सोही घटनालाई स्मरण गर्दै यो वर्षको छठपुजामा अप्रिय घटना घटन् नदिन आयोजक समितीले नेपाल प्रहरी, शश्त्र प्रहरी, नगर प्रहरी सहित सिसिक्यामेराको माध्यमबाट पुजास्थल वरीपरीको गतिविधीलाई निगरानी क्यामेरा जडान गरेको जनाएको छ ।
पछील्लो सयम उर्लाबारीमा दिनहु जसो आगलागीका घटना भइरहेका कारण पुजा स्थलमा पटका र आतसबाजी गर्न नपाउने निणर्य भएको मैथली समाजले जनाएको छ ।
छठपर्वकै सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय उर्लाबारी हाईअर्लटमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
यस्तै शान्तिसुरक्षालाई थप मजबुत बनाउन जिल्ला प्रहरीबाट थप जनशक्ति मगाएर सिभिल र गस्तीमा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरिने र अन्य सुरक्षा निकायको समेत सहयोग लिने प्रवन्ध मिलाइएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
यसपटकको छठपर्वमा उर्लाबारीका ३ स्थानमा गरेर करिव १० हजार भन्दा बढी भक्तजनहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।