उर्लाबारी, ५ मसिर । मोरङको उर्लाबारी नगरपालिका–७ ईटहरा रोडमा कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइतेभएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । स्थानिय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाटराति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो ।
आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितकोउपचारका क्रममा मंगलबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको ईलाका प्रहरि कार्यालय उर्लाबारिका प्रहरि निरिक्षक देबेन्द्र दासलेबताए ।
उनका अनुसार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालको आईसियु उपचार कक्षमा उपचाररत ९ जनामध्ये पण्डितको आज मृत्यु भएकोहो ।
कार्कीको घरमा सुनचाँदी पसलसहित भायनेटको कार्यालय र नजिकै फर्निचर पसल पनि थियो । सुनचाँदी पसल तथा भायनेटकोकार्यालयमा पूर्ण रूपमा र फर्निचरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको थियो ।
आगलागीपछि घरभित्र पार्किङ गरेर राखेको बा ०१–०२५ च ६८४६ नम्बरको कार विष्फोट भएको थियो । आगलागी नियन्त्रणमा लिनेक्रममा अचानक कार विष्फोट भएपछि आगो निभाउन खटिएकाहरु घाइते भएका थिए ।
आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीलेघटनाको अनुसन्धान गरिरहेको छ ।