पथरी, ५ मसिर ।  स्नातक तह चौथौ वर्षको परीक्षाफलमा नेपाल प्रथम हुने बिना घिमिरेलाई वडा कार्यालयले सम्मान गरेको छ ।

मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बुहुमुखी कलेजबाट घिमिरेले स्नातक तहमा व्यवस्थापन संकायबाट ८५.८ प्रतिशत ल्याएरनेपाल प्रथम भएकी थिइन् । घिमिरेले उत्कृष्ट अंक ल्याएर वडाको समेत गौरब बढाएको भन्दै पथरीशनिश्चरे वडा नं. ३ ले सम्मान पत्र रखदाले सम्मान गरेको हो ।

वडाको र नगरको नाम राख्न सफल भएको भन्दै वडा अध्यक्ष बिजय लिम्बुले सम्मान कार्यक्रममा घिमिरेलाई बधाई दिनुभयो ।पथरीशनिश्चरे–३ निवासी घिमिरे आफ्ना आमा, बुबा सहित कार्यक्रममा उपस्थित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय