पथरी भौगोलिक हिसाबले ३ तिर चारकोसे झाडिले ढाकिएको मोरङको पथरीशनिश्चरे नगरपालिकामा पछिल्लो समय लागुऔषध प्रयोगककर्ता र कारोबारीहरु फस्टाएका छन् ।
पथरीबाट छिमेकी देश भारत पुग्न मोटरसाइकलको यात्रामा लगभग १ घण्टा लाग्ने गर्दछ । खुलासिमानाका र सिमानाकामा गरिने चेकजाँच फितलो भएका कारण यस क्षेत्रमा रहेर लागुऔषध प्रयोग गर्ने र कारोबारीमा समलग्न हुनेहरु सहजै रुपमा सिमापारी पुगेर सो कार्यमा लाग्ने गरेको पाईएको छ ।
प्रहरीका अनुसार लागुऔषधको प्रयोगमा समलग्नहरुले प्रयोग मात्रै गर्ने गरेका छैनन् उनिहरुले मोरङको पथरीलाई सव-डिलर प्लेसका रुपमा उपयोग गर्दै बिक्रिबितरण समेत गर्ने गरेको खुलसा भएको जनाएको छ ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध ब्राउन सुगरको प्रयोग र कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेपछि पथरीबाट सव-डिलरका रुपमा लागुऔषध छिमिकी पालिका हुदै मोरङ सग सिमाना जोडिएका जिल्लाहरु सम्म पुग्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीको टोलिले विषेश सुचनाका आधारमा पथरीशनिश्चरे नगरपालिका वडा न. २ का वर्ष २३ का विवेक दर्जीे, सोही नगरपालिका वडा न. ७ का वर्ष १७ का सन्देश राइ, पथरीशनिश्चरे २ बस्ने वर्ष ३५ देखी ४० का बिपिन थापा र पथरीशनिश्चरे नगरपालिका वडा न. १ रत्नचौकका वर्ष २५ का दिपेश सार्कीलाई पक्राउ गरेपछि अनुसञ्धानका क्रममा पथरी लागुपदार्थ ओसारपसारको ट्रान्जिट प्वइन्टका रुपमा अगाडी बढ्दै गएको जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी वेद प्रसाद गौतमका अनुसार विवेक दर्जी र सन्देश राईको साथबाट ५० मिलिग्राम, बिपिन थापाको घरमा छापा मार्दा १ ग्राम ६५० मिलिग्राम र दिपेश सार्कीको साथबाट ३५ थान पोका पारिएको अवस्थामा ब्राउन सुगर फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय पथरीले दिएको जानकारी अनुसार बिपिन थापा पथरीको सव डिलरको रुपमा रहेको बताइएको छ । अन्य कारोबारीहरुको सवालमा पनि सुचना अनुसार अनुसन्धान भईरहेको प्रहरी प्रमुख गौतमले बताए ।
पक्राउ परेका उहिरुलाई लागुऔषध प्रयोग तथा कारोबार ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय