उर्लाबारी, ९ मसिर । उर्लाबारी आगलागि घटनामा परि घाईते भएका घरबेटि रुकुम बहादुर कार्किको निधन भएको छ ।
काठमान्डौको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ६८ वर्षिय कार्किको उपचारको क्रममा निधन भएको ईलाका प्रहरीकार्यालय उर्लाबारीले जनाएको छ ।
अस्पतालको आईसियू कक्षमा उपचाररत तामाङको शनिबार बिहान (आज) बिहान ५:०० बजे निधन भएको ईलाका प्रहरी कार्यालयउर्लाबारिले जनाएको छ ।
कार्किको अनुहार,घाँटि,ढाड, दुबै हात,दुबै खुट्टामा गरि ४०% जलन रहेको थियो ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानकआगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाईते मध्ये आज घरबेटि कार्किको निधन भएको हो ।भने उनका छोरा दिपक सहित
हाल सो अस्पतालमा २१ जना घाईतेहरु उचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारी का प्रहरी निरीक्षक देबेन्द्र दासले बताए ।
जसमध्ये आईसियू कक्षमा ५ जना उपचाररत रहेको बताईएको छ । यस अघि उपचाररत तपन पण्डित, कुमार दहाल ( दिपक) र कुमारतामाङको मृत्यु भएको थियो ।