
उर्लाबारी, ११ मंसिर । मोरङको उर्लाबारी-१ स्थित चन्द्र गोले तामाङको घरको पर्खाल हात्तीले भत्काएको छ ।
आज बिहान करिब ३ बजेतिर हात्तीले पर्खाल भत्काएको हो । तामाङका अनुसार पर्खाल हात्तिले भत्काउदा १ लाख बराबरको क्षति भएको छ । उर्लाबारी नगरपालिका-१ कत्ले, पिपल डाँगी साथै उर्लाबारी नगरपालिकाको छिमेकी पालिका मोरङको मिकलाजुङ्ग गाँउपालिका क्षेत्रमा जङ्गली हात्तिको बथान नै आउने गरेका छन् ।
जङ्गलबाट एकैपटक २०/२२ वटा हात्ती गाउँ छिर्ने र बालि नाली नष्ट गर्ने, घर भत्काउने जस्ता कार्य गर्न थालेपछि स्थानीयहरु त्रासमा बस्ने गरेका छन् ।



