काठमान्डौ, १३ मंसिर । टिकटकपछि सरकारले स्न्यापच्याट, लाइकी र टेलिग्राम बन्द गर्ने तयारी सरकारले थालेको छ ।
सरकारले टिकटक जस्तै लाईभ वस्न मिल्ने सामाजिक संजालका एपमाथी प्रतिबन्ध लगाउने तयारी थालेको हो । एपहरुलाई बन्द गर्न सरकारले विशेष निगरानी र तयारी थालिएको बुझिएको छ ।
हाल प्रधानमन्त्री कार्यालयले टिकटक जस्तै लाईभ बस्ने मिल्ने सामाजिक संजालका एपमाथी प्रतिवन्ध लगाउन विज्ञ सहितको टोली गठन गरी एपहरुमाथी निगरानी बढाएको छ ।
सरकारले सामाजिक सदभाव विगार्ने र समाजमा असर पार्ने गतिविधी संचालन गर्ने एपमाथीे पछिल्लो समय निगरानी बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय