
उर्लाबारी, १४ मंसिर । मोरङ्ग सुनचाँदी व्यवसायी संघ उर्लाबारीको आयोजनामा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज विहान उर्लाबारी चोकस्थित माछापुच्छ्रे बैंकको प्राङ्गणमा आयोजित सो कार्यक्रममा २ जना महिला र ५१ जना पुरुष बाछ ५३ पिन्ट रगत संकलन भएको सघका अध्यक्ष ज्ञानुकुमार श्रेष्ठले बताए ।
संघका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष शेर बहादुर भण्डारीले ब्लड बैंकहरुमा रगत संचिति घटेकोले रगतको कमी हुन नदिन रक्तदान गरिएको भन्दै सुनचाँदी व्यवसायी संघको प्रशंसा गरे ।
यस्तै उनले वाणिज्य संघको अगुवाईमा उर्लाबारी आगलागि घटनामा परि घाईते भएका काठमान्डौमा उपचाररत घाईतेका कुरुवाहरुलाई सहयोगार्थ रकम संकलन गरिदै आएको बताए ।
उनले हालसम्म करिव २ लाख रकम संकलन भएको बताउदै चाडै सो रकम कुरुवाहरुलाई हस्तान्तरण गरिने जानकारी दिए ।
यस्तै सो कार्यक्रममा विशिष्ट अतिथी नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उप-शाखाका सभापति भानु पराजुली, उवास उर्लाबारीका कानुनी सल्लाहकार विनोद न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै, उक्त अवसरमा सुनचाँदी व्यवसायी संघको अगुवाईमा उर्लाबारी आगलागि घटनामा घाईते भएकाहरुको उपचारमा सहयोग एवम् मृतक परिवारलाई राहत वितरण स्वरुप संकलित रकम सार्वजनिक गरिएको छ ।
संघका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले हालसम्म १ लाख १२ हजार ३५ रुपैयाँ रकम संकलन गरिएको जानकारी दिए । उनका अनुसार सो रकम २८ जनै परिवारको बैंक खाता पाउनसाथ विद्युतिय माध्यमबाट सोझै खातामा ट्रान्सफर गरिनेछ ।
यस्तै उनले देशभरिका सुनचाँदी व्यवसायीहरुसँग रकम संकलन गर्ने तयारी गरेको बताउदै थप रकम संकलन गरेर राहत स्वरुप हस्तान्तरण गरिने जानकारी दिए ।
संघका महासचिव असोक धिमालले संचालन गरेको सो कार्यक्रममा यामराल रसाईलीले स्वागत मन्तव्य राखेका थिए ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी -७ ईटहरा रोडका स्थानिय दिपक कार्कीको घर (स्नेहा ज्वेलर्स)मा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
घाईतेमध्ये ५ जनाको मृत्यु भईसकेको छ भने १९ जना काठमान्डौस्थित वर्न अस्पतालमा उपचाररत रहेका छन् । यस्तै ३ जना डिस्चार्ज भई घर फर्किएका छन् भने एक जना भारतमा उपचाररत रहेका छन् ।



