उर्लाबारी, १६ मंसिर । मोरङकोे उर्लाबारी नगरपालिका वडा नम्बर ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा साढे १४ करोड बजेट विनियोजन भएको छ ।
सेन्टरको विकाश र सेवा विस्तारका लागि कोशी प्रदेशबाट १४ करोड ५० लाख बजेट बिनियोजन भएको हो ।
शहरी विकाश तथा भवन कार्यालय, विराटनगर अन्तर्गत योजना सम्पन्न हुनेगरी सो बजेट विनियोजन भएको बताईएको छ ।
अस्पतालको क्षमता वृद्धि, स्वास्थ्य सेवामा सुधार गर्दै ट्रमा सेन्टरको रुपमा विकाश गर्ने योजना अनुसार सुविधा सम्पन्न अस्पतालको भवन निर्माण गर्न ७ करोड, सिटिस्क्यान मेसिन खरिदको लागि ७ करोड ५० लाख रुपैया बजेट विनियोजन भएको हो ।
ADVERTISEMENT