
दमक, १७ मंसिर । झापाको दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराई भुकम्प पिडीतका लागि राहत रकम लिएर जाजरकोट पुगेकी छिन् ।
पिडतहरुको राहत र उद्धारमा विभिन्न स्थानबाट सहयोग जुटिरहेको छ पिडीतहरुको पिडामा मलहम लगाउन दमक नगरपालिकाकी उप-प्रमुख भट्टराई पनि राहत रकम लिएर जाजरकोट पुगेकी छिन ।
दमक नगर बासीको प्रतिनिधित्व गर्दै जाजरकोट पुगेकी भट्टराईले भुकम्प पिडितहरुलाई राहत स्वरुप ३ लाख रुपैया हस्तानतरण गरेको उनको सचिवालयले जनाएको छ ।
भट्टराईले चेक मार्फत भुकम्प प्रभावित राहत कोष जाजरकोट २०८० को खातामा जम्मा हुने गरी जाजरकोट जिल्लाका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माको रोहबरमा एक कार्यक्रमका विच आज रकम हस्तानतरण गरेकी हुन ।
गत कार्तिक १७ गते पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परी १ सय १७ जनाको ज्यान गएको थियो भने ३ सय ७५ जना घाईते भएका थिए ।
नेपालमा आठ वर्ष अघि गएको विनाशकारी भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा यसलाई लिईएको छ ।



