उर्लाबारी, १७ मंसिर । गत कार्तिक २६ गते लक्ष्मी पुजाको रात उर्लाबारी-७ ईटहरा रोडमा भएको आगलागीमा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था सुधारन्मुख हुदै गएको अस्पतालले जनाएको छ ।
आगलागीमा परी घाईते बनेकाहरु मध्ये हाल कविराज दहालको आईसियुमा र अन्य १९ जनाको नर्मल वाडमा उपचार भईरहेको छ । आइसियुमा उपचाररत दहालको स्वास्थ्य अवस्था सामान्य हुदै गएकाले आज नै उनलाई पनि नर्मल वाडमा सिफ्ट गर्ने तयारी अस्पतालले थालेको कमल भण्डारीले बताए ।
यसै विच नेपाली काग्रेस कोशी प्रदेशका सहमहामन्त्री एवम उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्ग फागोले घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
फागोले घाईतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिदै सवैको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको र उपचार कुनै समस्या हुन नदिन संघीय सरकार र प्रदेश सरकारसँग आफुले थप पहल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय