उर्लाबारी, १९ मसिर। उर्लाबारी आगलागि घटनामा परि घाईते बनेका २ जनाको मगलबार बिहान डिस्चार्ज भएको छ ।

२१ दिन लामो उपचार पस्चात उर्लाबारी -७ का लालबहादुर लिम्बु  र करन सग्रौला डिस्चार्ज भएको घाईतेहरुको उपचारमा सहयोग गरिरहेका राजन रायमाझिले बताए ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

घाईतेबनेका मध्ये उपचारकै क्रममा ५ जनाको निधन भएको थियो भने हाल सो अस्पतालमा १८ जना घाईतेहरु उचाररत रहेको ईलाका  प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय