उर्लाबारी, १९ मसिर । उर्लाबारी आगलागी घटनामा परि घाईते बनेका नेपाल प्रहरीका २ जना सहित ३ जनाको मगलबार दिउसो डिस्चार्ज भएको छ ।
२१ दिन लामो उपचार ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत लेटाङ नगरपालिका- ५ स्थायी ठेगाना भएका प्रहरी जवान मन बहादुर घिसिङ, शिरिचोङ गाउपालिका-१ संखुवासभा स्थायी ठेगाना भई उर्लाबारीमा कार्यरत प्रहरी जवान रिद्धि किरण राई र उर्लाबारी-७ घर भएका स्नेहा सुनचादी पसलका संचालन दिपक कार्की डिस्चार्ज भएको घाईतेहरुको उपचारमा सहयोग गरिरहेका नेपाली कांग्रेस उर्लाबारीका नगर सचिव राजन रायमाझिले बताए ।
आज विहान मात्रै उर्लाबारी-७ का लालबहादुर लिम्वु र करन संग्रौला डिस्चार्ज भएका थिए । डिस्चार्ज हुनेको संख्या ५ पुगेको छ ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी -७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
घाईते बनेका मध्ये उपचारकै क्रममा ५ जनाको निधन भएको थियो । भने हाल सो अस्पतालमा १५ जना घाईतेहरु उचाररत रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय