उर्लाबारी, २७ मंसिर । मोरङको उर्लाबारी नगरपालिका-७ को कार्यालय आफ्नै भवनमा सरेको छ ।
उर्लाबारी-७ स्थित बरगाछीमा भाडाको घरबाट सेवा दिदै आएको कार्यालय आजबाट बैसवारी स्थित आफ्नै भवनमा स्थानतरण गरिएको छ ।
अघिल्लो जनप्रतिनिधीको कार्यकालमा स्थानिय महेन्द्र कार्कीको परिवारले वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि नगरपालिकालाई ३ कठ्ठा जमिन उपलव्ध गराएका थिए ।
वडा कार्यालय भवन निर्माणका लागि जग्गा दिने कार्कीलाई भवन उद्घाटनको अवसर पारेर सम्मान गरिएको छ । सोही अवसरमा उर्लाबारी-७ मा सरसफाई अभियान चलाउने स्थानिय देवेन्द्र श्रेष्ठ र स्व. कुमार तामाङकी पत्नीलाई समेत सम्मान गरिएको थियो । उनिहरु दुवैलाई नगद ५/५ हजार रुपैया र सम्मन पत्रले सम्मान गरिएको वडा सदस्य सन्तोष निरौलाले बताउनुभयो ।
१ करोड ९ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको वडा कार्यालयको भवन शिलान्यास भएको करिव ३ वर्ष पछि संचालनमा आएको हो ।
भाडाको घरबाट सेवा सचालन गर्दा लाखौ रकम घरभाडा तिर्नमै खर्च हुदै आएको थियो । आफ्नै भवनबाट सेवा सुचारु गर्दा भाडावापत भुत्तान गर्नु पर्ने रकम समेत वडाको विकासमा लगानी हुने वडाध्यक्ष उर्मिला थापाले बताउनु भयो ।
भवनको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले गर्नुभयो भवनको उद्घाटन गर्दै मेयर खरेलले जनताको सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन वडाकार्यालयले सहयोग पुर्‍याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय