
उर्लाबारी, २७ मंसिर । मोरङको उर्लाबारी नगरपालिका-६ मा रहेको सुर्य बचत तथा ऋण सहकारी सस्थाले आफ्नो २३ औ बार्षिक उत्सव सम्पन गरेको छ ।
उर्लाबारी-६ मा मुख्य कार्यालय रहेको बचत तथा ऋण सहकारी सस्थाले बार्षिक उत्सवको अवसरमा १ सय १८ पिन्ट रगत संकलन गरेको छ ।
यस्तै सोही अवसरमा सस्थाले उत्कृष्ठ कारोबार गर्ने सहकारी सस्थाका शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
सम्मानीत हुनेहरुमा उत्कृष्ठ ऋणी १८ जना, ज्येष्ठ नागरिक शेयर १४, एकल महिला शेयर सदस्य ७, बालबचतकर्ता ४, उत्कृष्ठ बचतकर्ता ६ गरी ४७ जना रहेको कार्यक्रम संयोजक तथा सस्थाका उपाध्यक्ष नारदमणी नेपालले बताए ।
उर्लाबारी नगरपालिका-६ का वडाध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन भएको हो । कार्यक्रमका प्रमुख अथिती पौडेलले नियमसंगत चल्ने सहकारीले ग्रामिणभेगका जनताको जिवन स्तर उकास्न सहयोग गरीरहेको बताए । यद्यपी निती, नियमलाई कुल्चीएर चलेका सहकारीहरुले भने बचतकर्तालाई दुख दिइरहेका घटनाहरु बाहिर आईरहेको हुनाले बचतकर्ताहरु सजग हुनुपर्ने औल्याए ।
कार्यक्रम सस्थाका अध्यक्ष तेजनाथ घिमिरेको सभापतित्वमा भएको थियो भने कार्यक्रम सस्थाका कोषाध्यक्ष दिपक भट्टराईले संचालन गर्नु भएको थियो ।



