उर्लाबारी, २९ मंसिर । छिमेकी देश भारत सग सिमाना जोडिएको मोरङको रतुवामाई नगरपालिकाको ग्रामिण क्षेत्रमा १५ शैयाको अस्पताल शिलाल्यास भएको छ ।
ग्रामिण भेगका जनतालाई स्वास्थ्य सेवामा सहज पहुच पुर्‍याउने हेतुका साथ नगरपालिकाले पालिकाको दक्षिणी भेग झुर्कियामा रतुवामाई नगर अस्पतालको स्थापना गरेको हो ।
नगर अस्तालको शिलान्यास नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्नुभएको छ ।
मन्त्रि बस्नेतले नगरअस्पतालको शिलान्यास गर्दै बर्तमान अवस्थामा नेपालमा स्वास्थ्य क्षेत्रमा ९२ हजार भन्दा बढी कर्मचारीको आवश्यकता रहेको बताउनु भएको छ ।
सिमित स्रोत र साधनका बबजुद पनि सरकारले ग्रामिण भेगका जनतालाई स्वास्थ्य उपचारमा सहज पहुच पुर्‍याउन अस्पताल निर्माणको थालनी गरेको बताउनुभयो ।
भवन,प्राविधिक कर्मचारी र उपकरण बिनाको स्वास्थ्य क्षेत्रले सेवा दिन नसक्ने चर्चा गर्दै मन्त्री बस्नेतले ७५३ स्थानीय तहमा ४ वर्ष अघि अस्पताल भवन शिलान्यास भए पनि एउटा पनि अस्पताल भवनको उद्घाटन नभएको बताउनुभयो ।
यद्यपि मन्त्री बस्नेतले ग्र्रामिण भेगका जनताको सुविधाको लागि खोल्न लागिएको अस्पताल समयमै निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको समेत बताउनुभयो ।
यस्तै सोही कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले हाल रेफर सेन्टर मात्रै रहेको नगर अस्पताललाई साँच्चिकै गरिव दुखीको अस्पताल बनाउनुपर्नेमा जोडदिनुभयो ।
मन्त्री उप्रेतिले जनताले चाहेकै स्थानमा अस्पताल स्थापनाले सार्थकता पाएको छ अस्पताललाई चाहिने जनशक्ति जुटाउन प्रदेश सरकार लागि पर्ने छ ।
संघीय सरकारको १० करोड ८३ लाख ३९ हजार ९३४ रुपियाँ मा निर्माण हुने अस्पताल २०८२ भदौमा निर्माण सम्पन्न हुनेछ ।
दक्षजनशक्ति अभावमा ग्रामिण भेगमा यस अघि खोलिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनतालाई सोचेजस्तो स्वास्थ्य सुविधा दिन नसके पनि स्तरउन्नती सहित बन्न लागेको नया अस्पतालबाट जनतालालाई सुविधा दिलाउने कुरामा संघिय सरकार लागि पर्नु पर्ने रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंहले बताउनुभयो ।
ग्रामिण भेगमा खोलिएको अस्पतालले रतुवामाई नगरपालिका सगै छिमेकी झापाको गौरीगञ्ज गाउपालिका र र मोरङको सुनवर्षी नगरपालिकाका नागरिक समेत लाभावान्धित हुने रतुवामाई नगरपालिकाका नगर प्रवता एवम वडा नम्वर १० का वडाध्यक्ष आशिष कार्कीले बताउनुभयो । कार्यक्रममा नगर उप-प्रमुख दमयन्ता देवी चुडालले समेत बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय