उर्लाबारी, ३० मंसिर । अस्पताल जन्य फोहोर व्यावस्थापनमा स्विजरल्याण्ड सरकारले नेपालमा सहयोग गर्दै आएको छ ।
अस्पतालबाट निस्कने फोहोरले समुदायमा प्राणघातक रोगहरु फैलाउने उच्च सम्भावनालाई न्युनिकरण गर्न स्विस सरकारले नेपालका विभिन्न अस्पतालहरुमा सहयोग गर्दै आएको हो ।
सोही अनुसार कोशी प्रदेश सरकार मातहत रहेको कोशी प्रदेशको एकमात्र सरकारी स्तरको ट्रमा सेन्टरका रुपमा विकास हुदै गरेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा स्विस सरकारले अस्पताल जन्य फोहोर व्यावस्थापनमा सहयोग गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर देवराज घिमिरेले बताउनुभयो ।
अस्पतालको फोहोर अस्पतालमै वेष्ट म्यानेजमेन्ट सिस्टमको माध्यमबाट व्यावस्थापन गर्न स्विजरल्याण्ड सरकारको ४० लाख लगानीमा फोहोर व्यावस्थापन थालिएको हो ।
अस्पतालबाट निस्कने फोहोरलाई बर्गिकरण गरी पहिला तिनिहरुलाई छुट्टाछुट्टै स्थानमा राखिन्छ त्यसपछि उक्त फोहोरलाई निर्मलिकरण गरेर र्‍याकिङ गरि संकलन गरिएको फोहोरलाई पुनः प्रयोगका लागि बेच्न सकिने हि क्याप थ्रि सिक्सटीकी सिनियर कार्यक्रम संयोजक प्रेरण ढंगोलले बताउनुभयो ।
फोहोर बाट मोहर बनाउने लक्ष्यका साथ अस्पतालबाट उत्पन्न भएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी निर्मलिकरण गरेर आम्दानीको एउटा पाटो बनाउन सकिने अस्पताल संचालक समिती सदस्य मदनबाबु प्रसाईले बताउनुभयो ।
स्विस सरकारको लगानीमा भएको उक्त कार्यको अनुगमन नेपालका लागि स्विजरल्याण्डकी राजदुत डेलियन प्याउलीले गर्नुभएको छ । फोहोर व्यावस्थापन केन्द्रको अनुगमन गर्दै राजदुत प्याउलीले सवैलाई बधाई व्यक्त गर्नुभयो ।
कोशी प्रदेश सरकार मातहत रहेको यस अस्पतालले दैनिक जसो ५ सय विरामीहरुको स्वास्थ्य परिक्षण तथा उपचार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय