उर्लाबारी, ४ पुस । नेपाल रेडक्रस शाखा उर्लाबारीमा सर्पदंस र विच्छीले टोकेका विरामीहरुको सफल उपचार भएको छ ।
मोरङको उर्लाबारी-४ आईतबारेमा रहेको नेपाल रेडक्रस सोसाईटीको उपशाखामा ४ महिनाको अन्तरालमा सर्पदंस र विच्छीको टोकाईबाट विरामी परेका ७ जनाको सफल उपचार भएको हो ।
गत भदौ देखी सर्पदंसको उपचार सेवा विस्तार गरेको रेडक्रसले पहिलो पटक विच्छीको टोकाईबाट विरामी परेकी उर्लाबारी-४ की रिया सिटौलाको सफल उपचार गरेको थियो ।
यस्तै असोज महिनाका सर्पदंसका ४ जना विरामीहरुको सफल उपचार गरेको थियो । सर्पको ढसाईबाट विरामी परेका उर्लाबारी-२ की मंन्दीरा श्रेष्ठ, सोही वडाकी रिता धिमाल, मिक्लाजुङ-८ की कल्पना खड्का सहित २ जना बालबालिका उर्लाबारी-४ की रेजिना भट्टराई, उर्लाबारी-७ का आहन थापाको सफल उपचार गरेको थियो ।
यस्तै मंसिर महिनामा सर्पदंशका एकजना विरामी मोरङको पथरीशनिश्चरे-४ का सवनम राईको उपचार भएको रेडक्रस उपशाखाले जनाएको छ ।
सर्प र विच्छी जस्ता विषालु जिवको टोकाईमा परेर अकाल्मै मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यले स्थापना गरीएको सर्पदंश उपचारकेन्द्रमा छोटो समयमै विरामीहरुको सफल उपचार गर्न सम्भव भएको नेपाल रेडक्रस उपशाखा उर्लाबारीका अध्यक्ष भानुभक्त शार्मा पराजुलीले बताउनुभयो ।
उपचारकेन्द्र संचालनका लागि रेडक्रसले हाल ४ जना स्वास्थ्यकर्मी राखेको छ जसमा नेपाली सेनाबाट सर्पदंशको उपचार गराउन तालीम प्राप्त ढगेन्द्र लिम्वु र अमृत बस्नेत रहेका छन् भने प्यारामेडिकका रुपमा ईन्द्र वानिया र संजिव खड्का रहेको रेडक्रसले जनाएको छ ।
रेडक्रसले हाल उर्लाबारी, लेटाङ, मिक्लाजुङ, पथरीशनिश्चरे, रतुवामाई, कानेपोखरी गाउपालिकाका लगाएतका क्षेत्रमा बसोवास गर्नेहरुलाई सर्पदंशको उपचारमा सेवा दिदै आएको छ ।
यस्तै रेडक्रसले रगतको अभाव हुन नदिन ४ महिनाको अवधीमा ५ सय २५ पिन्ट रगत समेत संंकलन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय