उर्लाबारी, १३ पुस । मोरङको उर्लाबारी -२ सुनझोडास्थित सुनझोडा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

बिहिबार स्थानिय रुद्र बरालले सो विद्यालयका ७१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । बाल क्षादेखी १० कक्षासम्मका अत्यन्तै विपन्न परिवारहरुका विद्यार्थीहरु छनौट गरी विद्यालय परिसरमा आयोजित  एक कार्यक्रमबिच स्विटर वितरण गरिएको बरालले जानकारी दिए यसैबिच विद्यालयका प्रधानाध्यापक मुकुन्दप्रसाद निरौलाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकोप्रति खुसी व्यक्त गरे ।

प्रअ न्यौपानेका अनुसार हाल सो विद्यालयमा अत्यन्तै विपन्न परिवारका १ सय ५० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् ।

उर्लाबारी नगरपालिकाको सबैभन्दा कान्छो विद्यालय समेत रहेको उक्त विद्यालयमा धिमाल समुदाय र सुकुमबासी बस्तीका लुगा समेत किन्न नसक्ने परिवारका विद्यार्थीहरु अध्ययनरत रहेका प्रअ निरौलाले जानकारी दिए बि. स. २०५१ सालमा स्थापित सो विद्यालयमा हाल ३ सय २३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय