उर्लाबारी, १३ पुस । मोरङ उर्लाबारीकै पुरानो सामाजिक संस्था सामुदायिक विकास मञ्चले उर्लाबारी-१ को लक्ष्मी आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरूलाई स्वीटर वितरण गरेको छ ।
उर्लाबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेल बिशिष्ट अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वडा सदस्य गौरी शङ्कर दाहाल, पबित्रा बिक, संस्थाका पदाधिकारी तथा पुस्तकालय उपसमिति सदस्य बलराम बोहोरा, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, शिक्षक अभिभाबक संघका संयोजक, प्रधानाध्यापक जगत श्रेष्ठलगायतकाे सहभागिता रहेकाे थियो । कार्यक्रम प्रेम बोहोराको अध्यक्षता तथा मानबहादुर धिमालको संयोजकमा सम्पन्न भएको थियो । संस्थाले पौष ९ गते ५ र ६ का ८० बर्ष भन्दा माथीका बृद्वबृद्वालाई समेत सम्मान गरेको थियो । संस्थाले प्रत्येक बर्ष न्यानो अभियान अन्तरगत स्वीटर बाँड्दै आएको छ ।