आसन्न नेपाल औषधी व्यवसायी संघ मोरङ्ग जिल्लाको चुनावमा खुद्रा सदस्यमा विराटनगरका शंकर यादवले उम्मेद्वारी दिएका छन् ।
विराटनगर -४ कञ्चनबारी निवासी यादव विगत ८ वर्षदेखी विराटनगरस्थित नोवेल अस्पताल परिसरमा हेल्थ केयर फार्मेसी संचालन गर्दै आएका छन् ।
औषधी व्यवसायीहरुको पेशागत सुरक्षा र समग्र विकासको लागी आफ्नो बलियो उम्मेद्वारी रहेको यादवले बताएका छन् ।
हँसीलो मुहार, मिलनसार, सहयोगी र उदार व्यक्तित्वका यादव विगतदेखी नै औषधि व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् ।
संघको आगामी २८ गते विराटनगरमा दोस्रो जिल्ला अधिवेशन हुदैछ । सो अधिवेशनमा हुने चुनावी सभामा आफुलाई अत्याधिक मत दिएर विजयी गराउनका लागी यादवले अपिल गरेका छन् ।