1. धनकुटा । साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा यति बेला दैनिक एक हजार बढी आगन्तुक पुग्छन् । मधेशका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी सर्लाही लगायतबाट धेरै पर्यटक आइ पुग्ने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण तथा सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष दिलीप लिम्बू बताउँछन् । बाह्य पर्यटकमा ८० प्रतिशत भारतका हुन्छन् ।
    धरानबाट १७ किमी उकालो चढे पछि पुगिने पर्यटकीय गन्तव्य भेडेटारबाट धरान–धनकुटा सडक हुँदै केही तल झरे पछि झरनास्थल पुगिन्छ । अझ ठाउँठाउँमा खोला खोल्सी अनि आकर्षक पुल र विश्रामस्थल पार गर्दै झरनास्थल पुग्दा पर्यटकले बाटो काटेको समेत पत्तो नपाइने उदयपुर जिल्ला चौडण्डीबाट पुगेका ईश्वरमान तामाङले बताए ।
    सार्वजनिक विदाका दिन र शुक्रबारदेखि आइतबारसम्म अत्यधिक चाप हुने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बूले बताए । लिम्बूले भने, ‘पूर्वाधारमा अझ व्यवस्थापन गर्ने सोच रहेकाले भविष्यमा पर्यटक बढ्न सक्ने आशा छ ।’
    काठमाडौं बनस्थलीका चन्द्रमणि चापागाईले तराईको नजिक यस्तो रमणीय र आकर्षक झरना पाउँदा घण्टौं बिताएको बताए । संघीय सरकारबाट प्राप्त ५० लाख रुपैयाँ बजेटले नयाँ गेट तथा सडक निर्माण गरिएको झरना व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय