
उर्लाबारी, ९ माघ । मोरङको उर्लाबारी–१ चारघरेको बासघारी मा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवा लाई उद्धर गरि कोशिटप्पु पठाईएको छ ।
आज बिहान एक्कासि स्थानियको बासघारी मा हिउ चितुवा देखापरेपछि स्थानियहरु त्रसित भएका थिए ।




त्रसित स्थानिय, नेपाल प्रहरि, शस्त्र प्रहरिको टोलि , सव वन डिभिजन कार्यालय मंगलबारे को टोलि लगाएत स्थानिय जनप्रतिनिधिले दिनभरि जसो हिउ चितुवालाई बासघारी मा पहरा दिएर गाउ पस्न बाट रोकेका थिए ।
दिउसो कोशी टप्पु बन्यजन्तु आंरक्षण केन्द्रबाट आएको टोलीले चितुवालाई बेहोस बनाउने औषधिको प्रयोग गरि नियन्त्रणमा लिई उद्धार गरेको सव वन डिभिजन कार्यालय मंगलबारेका प्रमुख एकराज दाहालले जानकारी दिए ।
उद्धर गरिएको हिउ चितुवालाई सोहि टोलिले कोशि टप्पु बन्य जन्तु आरक्षण केन्द्र लगेको ईलाका प्रहरि कार्यालय उर्लाबारी प्रमुख देबेन्द्र दाशले बताए ।
बिशेस गरि हिँउ चितुवा पहाडि भेगमा पाईने जन्तु भएपनि चुरे पहाड देखि १५/१५ किलोमिटर टाढा रहेको उर्लाबारी कसरि आईपुग्यो भन्ने बारेमा एकिन भने हुन सकेको छैन ।