विराटनगर, ११ माघ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् ।
कोइरालाई सत्तागठबन्धनकै मतदाताले फ्लोरक्रस गरेर भोट दिएका छन् । यहाँ एमाले-राप्रपाको तालमेल थियो ।
उनले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । कोइरालालाई सत्ता गठबन्धनका ३ सासद र १७ जनाले फ्लोर क्रस गरेको पाईएको नेपालि काग्रेस कोशि प्रदेश सह महामन्त्री खड्ग फागोले जानकारि दिए । स्थानियतहका १३१ जनाले मत हालेका छन् ।
प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।