उर्लाबारी, १७ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ उर्लाबारीले पुणर्ता पाएको छ ।

नगर समितीको सभापतिमा अर्विन घिमिरे, उपसभापतिमा मिमांसा न्यौपाने सचिव कृतिका कार्की, सहसचिवमा स्नेहा बराईली र सदस्यहरुमा एस्तर जेन्स नेपाली, विजय लिम्वु, मनिसा कार्की, रितिक गौतम, एलिसा चौलागाई, कन्चन भट्टराई, मेघराज ढकाल र मनिस पौडेल चयन भएका छन् । बिस्तारित समितिका पदाधिकारि र सदस्यहरुलाई अथितिहरुले प्रमाण पत्र र अबिर लगाएर शुभकामना ब्यक्त गरेका थिए ।

बुधबार उर्लाबारीमा नेपाली काग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको प्रमुख आथिथ्यतामा नगर समितीले पुणर्ता पाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती फागोले विद्यार्थी परिवर्तनका सम्वाहक भएकाले सकारात्मक सोच र विवेकशिल चिन्तनको माध्यमबाट विद्यार्थीहरुले समुदायमा ज्ञान बाढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेस महाधिवेसन प्रतिनिधी गोमा नेपाल, मोरङ जिल्ला सदस्य नेत्र कुमारी भट्टराई क्षेत्रिय प्रतिनिधी सोमप्रसाद तिम्सीना, उर्लाबारी सचिव दिपक भट्टराई, वडा-७ का सभापति मदन बाबु प्रसाई, महिला संघ मोरङ जिल्ला सचिव प्रमिला थापा, नेविसघ जिल्ला कार्यसमिती सदस्य तिलक पौडेल, स्ववियु सभापति विवेक कार्की लगाएतले श्ुभकामना मनतव्य राख्नु भएको थियो ।

उर्लाबारी-४ स्थित नेपली काग्रेसको पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रम नगर सचिव कृतिका कार्कीले संचालन गरेकी थिइन भने कार्यक्रम नगर सभापति घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय