![](https://purbipress.com/wp-content/uploads/2024/02/photo-output-1-scaled.jpeg)
पथरी, ८ फागुन / पथरी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक बस्नेत निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्यक्ष पदका लागि सोमबार सम्पन्न भएको निर्वाचनमा प्रतिस्पर्धी देबी राई (नाना) लाई ३ सय ७२ मतान्तरले पराजित गर्दै भारि मतान्तरले बस्नेत बिजयी भएका हुन् । बस्नेत ५ सय ४ मत ल्याएर बिजयी बन्दा देवि राइले १ सय ३२ मतमात्र ल्याएकी थिइन ।
त्यस्तै उपाध्यक्ष पदमा ३ सय ७१ मत ल्याउदै रविन्द्रकुमार राई (रविन) विजयी भएका छन् । उपाध्यक्ष पदका लागि रविन्द्रकुमार राई,इश्वरी सापकोटा र हरिराज प्याकुरलेविच प्रतस्पिर्धा भएको थियो ।संघका अन्य पदाधिकारीमा भने सर्वसम्मत निर्वाचित बनेका छन् । जसअन्तर्गत वरिष्ठ उपाध्यक्षमा लोकनाथ खरेल, महासचिवमा अशोककुमार राई, उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी र वाणिज्य सचिवमा निलम बस्नेत र कोषाध्यक्षमा तेजेन्द्रप्रकाश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/09/82428890_183109713089803_2981608817059430400_o-1.jpg?fit=960%2C120&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/09/poudel.gif?fit=1200%2C111&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2022/08/chadani-mobile.gif?fit=1200%2C111&ssl=1)
![](https://i0.wp.com/purbipress.com/wp-content/uploads/2023/10/hotel-grand-url.jpg?fit=1536%2C461&ssl=1)
महिला सदस्यहरुमा जुनी थपलिया र प्रेमकुमारी ढकाल (राधा) तथा खुला सदस्यहरुमाइन्द्रबहादुर राई (आइ. बी.), तीर्थराज अधिकारी,भरत भण्डारी र सन्तोष चौधरी छन् । भने लेखा संयोजकमा रोहित वास्तोला र निरज दुलाल, तथा प्रकाश डाँगी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।