बेलबारि, ७ चैत । मोरङको बेलबारी नगरपालिका–१ भेडाटोल मा एक पुरुष ले धारिलो हतियार प्रहार गरि  श्रीमतीको हत्या गरेका छ्न ।

६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आज आत्महत्या गरेका छन् ।

मंगलबार राति  बमबहादुरले ४५ वर्षीया श्रीमती गीता लिम्बूलाई धारिलो हतियार (दाउ) प्रयोग गरी हत्या गरेका इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । 

बेलबारी–१ कि शर्मिला राईको घरमा चार वर्षदेखि भाडामा बस्दै आएका लिम्बूले श्रीमतीमाथि दाउ प्रहार गरेपछि स्थानीयले प्रहरीलाई सूचना गरेका थिए । नजिकै रहेको प्रहरी पुग्दा गीताको मृत्यु भइसकेको थियो । 

प्रहरीका अनुसार श्रीमतीको हत्यापछि सोही दाउले आफ्नो घाँटी रेटेका बमबहादुर लिम्बू गम्भीर अवस्थामा घटनास्थलमा भेटिएका थिए । प्रहरीले तत्काल उद्धार गरी बमबहादुरलाई उपाचारका लागि नोबेल अस्पताल मेडिकल कलेज विराटनगर पठाइएको थियो । 

घाँटीमा गहिरो चोट लागेका लिम्बू घटनास्थलमा नै बोल्न नसक्ने अवस्थामा थिए । लिम्बूको उपचारका क्रममा बुधबार बिहान ३ः२० बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

स्थानीयका अनुसार श्रीमान्–श्रीमतीबीच मनमुटाव भइरहने गरेको थियो । श्रीमतीलाई दाउ प्रहार गरेपछि बमबहादुरले १२ वर्षीय छोरा योन्जन लिम्बूलाई दाउ प्रहार गरेका थिए । तर, उनी भागेर बाँचेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय