उर्लाबारी, ९ चैत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी महासंघ उर्लाबारीको सभापतीमा चयन हुनु भएको छ ।
शुक्रबार नेपाली काग्रेस उर्लाबारी नगर समितीले प्रथम नगर स्तरीय महाधिवेसनको आयोजना गरी सभापति सहित १७ सदस्यीय समिती चयन गरेको हो ।
जसको सभापतिमा .सुरेश राई उर्लाबारी-६, उपसभापति विनोद चाम्लीङ राई उर्लाबारी-१ महिला उपसभापति उर्लाबारी-५ की दिल कुमारी लामा, सचिव कैलाश गुरुङ उर्लाबारी-७ राज कुमार श्रेष्ठ उर्लाबारी-४ सहसचिव दान बहादुर भुजेलद उर्लाबारी-७ डिल्ली बहादुर चेम्जोङ उर्लाबारी-९ कोषध्यक्ष सिमला लावती उर्लाबारी-५ गरी ८ सदस्यीय पदाधिकारी निर्वीरोध निर्वाचित हुनुभएको हो ।
सदस्यहरुमा बुद्धमाया तामाङ, बीरमान तामाङ, सरीता मोक्तान, मन्जु भुजेल, कविता धिमाल, सुर्य सुव्बा, खगेन्द्र शेर्मा, देवीमाया तामाङ र अमृत लामा निर्वाचित हुनु भएको हो ।
काग्रेसको १३ भातृ संगठन मध्येको एक संगठनलाई चलायमान बनाउनका लागि महाधिवेसन गरी नया नेतृत्व चयन गरीएको उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्वुले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय