दिपेश रोक्का ,
कानेपोखरी , ११ चैत्र । मोरङको कानेपोखरी ६ मा रहेको एन आइ सि एसिया रमाइलो शाखाको आयोजनामा एक दिने वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न्न भएको छ । रमाइलो बुहुमुखी क्याम्पसको विधार्थीहरुलाई वित्तिय साक्षरताको लागि जनचेतना कार्यक्रम गरिएको शाखा प्रबन्धक रोयल राईले बताउनु भयो ।

वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरूमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको हो। 

उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो।

विधार्थीहरुलाई वित्तिय साक्षरताबारे जानकारी गराउनको लागि तथा जनचेतना गजाउनको लागि कार्यक्रमको आयोजना गरिएको रमाइलो शाखाको कर्मचारी हेमन्त बस्नेतले बताउनु भयो ।

बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रमको अध्यक्ष कानेपोखरी ५ वडा अध्यक्ष चरण गुरुङ रहनु भएको थियो । कार्यक्रमको प्रशिक्षण रमाइलो शाखाको शाखा प्रबन्धक रोयल राईले गर्नु भएको थियो । कार्यक्रममा रमाइलो शाखाको कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा रमाइलो क्याम्पसको विधार्थीहरुको उपस्थिति रहेको थियो ।

बैंकको सातै प्रदेशमा ३६० कार्यालयहरु संचालनमा छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय