उर्लाबारी, ११ चैत । एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको कार्य सुरु भएको छ ।
पहिलो चरणको कार्य अन्र्तगत झापाको कमल गाउपालिकाको सितापुरी देखी ईटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रुख कटान सुरु भएको छ ।
‘दुई लेन’ सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप निर्माण सुरु गरिएको एसियन राजमार्गको उर्लाबारीको पुर्वी सिमा मावा खोला देखी पश्चिमी सिमाना सुनझोडा खोला क्षेत्र सम्ममा पश्चिम खण्डमा साना ठुला गरी ४ सय ५७ वटा रुख काट्ने कार्यको थालनी भएको डिभिजन वन कार्यालय उर्लाबारी मंगलबारेले जनाएको छ
एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको छ ।
जसमध्ये पश्चिम खण्डको ५०.७ सय किलोमिटर सडक निर्माणको जिम्मा काठमान्डौको जैन सि आर, एफ जि टुडी कम्पनीले पाएको छ ।
कम्पनीका प्रतिनिधी हरीप्रसाद पराजुलीका अनुसार पश्चिम खण्डको क्षेत्रमा करिब ६ हजार ७ सय ३७ वटा रुख कटान हुने र ३ वर्ष भित्रमा ५०.७ सय किलोमिटर सडक निर्माण गर्ने गरी प्रोजेक्ट समझौता भएको बताए ।
एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व पश्चिम राजमार्गको १२० किलोमिटर क्षेत्र चार लेनको बनाउनेछ । ७१ वटा नयाँ पुलसहित राजमार्ग विस्तार हुनेछ । राजमार्ग विस्तारका क्रममा १२ हजार भन्दाबढी रूख कटान हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय