उर्लाबारी, १४ चैत । खगेन्द्रप्रसाद पद्म रत्न न्यौपाने छात्रवृत्ति सिंहदेवी माविका विद्यार्थीलाई वितरण गरिएको छ ।
उर्लाबारीका युवा व्यवसायी विनोद न्यौपानेलगायतले आफ्ना पितामाताको नाममा स्थापना गर्नुभएको खगेन्द्रप्रसाद पद्म रत्न न्यौपाने छात्रवृत्ति कोषबाट १५ जना विद्यार्थीलाई प्रदान गरिएको छ ।

दमक–१० स्थित सिंहदेवी माविमा स्थापना गरिएको छात्रवृत्ति आज एक कार्यक्रम गरी प्रदान गरिएको हो ।
विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई, छात्रवृत्ति कोषका संरक्षक खगेन्द्रप्रसाद न्यौपाने, विनोद न्यौपानेलगायतले छात्रवृत्ति प्रदान गर्नुभयो ।

गत वर्ष एसइईमा प्रथम हुने मेरिन श्रेष्ठ, कक्षा १२ मा प्रथम हुने कविता कार्की, कक्षा ११ का सलिना मुर्मु, सरस्वती धमला, श्रीया लिम्बू, धनकुमार कार्की, संजोग लिम्बू, अनुसा नेम्बाङ, नारायण कार्की, युनिषा बस्नेत, कक्षा १२ का विकास भट्टराई, सनिता नेम्बाङ, निकिता ढकाल, सलिना धिमाल र दोस्तिका नेपालीलाई छात्रवृत्ति प्रदान गरियो ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई ४८ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित नगर शिक्षा समिति संयोजक तथा वडा नं. ९ वडाध्यक्ष कुवेरप्रसाद भट्टराई, वडा नं. १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी, उर्लाबारी जेसीजका संस्थापक अध्यक्ष विष्णु ओली, पुरस्कार दाताको तर्फबाट विनोद न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक हरिनारायण अधिकारीले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानको अध्यक्षतामा कार्यक्रम भएको थियो । २०६७ सालदेखि निरन्तर यो छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय