मिक्लाजुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य वडा नं. १ आइतबारेमा आगामी चैत महिनादेखी द टेण्ट टाउण्ड एण्ड होम स्टे सञ्चालनमा आउने भएको छ ।

हाल उक्त होम स्टेको निर्माण कार्य अन्तिम चरणमा पुगेको र यही चैत्र २३ गते द टेण्ट टाउण्ड एण्ड होम स्टेको औपचारीक रुपमा उद्घाटन गरीने होम स्टेकी सञ्चालीका कञ्चन श्रेष्ठले बताईन् ।

उक्त होम स्टेमा स्थानीय रैथाने खानाका परीकारहरुको साथमा स्थानीय स्तरमा उत्पादीत अर्गानिक उत्पादनले आन्तरीक तथा बाह्य पर्यटकको मन लोभ्याउने छ ।

६ जना युवाहरुको लगानीमा करीब १ करोड ५० लाखको लगानीमा होम स्टे सञ्चालन गर्न लागेको अर्काी सञ्चालीका बबीना चेम्जोङले बताईन्।

समुन्द्री सतहबाट करिब १ हजार ४ सय ५० मिटरको उचाइमा रहेको उक्त स्थानलाई पछिल्लो समय पुर्वको श्री अन्तु र भेडेटार जस्तै शितल रोमान्टिक ठाउँको रुपमा तुलाना गर्न थालीएको छ ।

चीसो हावा र चीसो बाह्रै महिना जाडो मौसम रहनु उक्त ठाउँको विशेषता हो ।

द टेण्ट टाउण्ड एण्ड होम स्टेमा एक रात बस्नका लागी न्युनतम ५ सयदेखी ५ हजार ५ सय सम्मको होम टेण्ट, ग्रुप टेण्ट, र फेमीले टेण्टको व्यवस्था रहेको छ ।

उत्त स्थानबाट इलामको श्रीअन्तुबाट जस्तै राम्रो सूयोदय र सुर्य अस्तको दृश्यावलोकन गर्न सकिनेछ ।

यस्तै सो स्थानबाट पुर्वी नेपालका तराईका हरिया फाँटहरु मधुमल्ला, उर्लाबारी, दमक, बिर्तामोडदेखी इटहरीसम्मको दृश्यावलोकन समेत गर्न सकिनेछ ।

सो स्थानमा एक पटक आउने जो कोहिलाई सो ठाउँको हावापानी र वातावरणले लोभ्याउने गरेको पाईन्छ ।

मिक्लाजुङमा तराईको गर्मी छल्न आन्तरिक तथा बाह्य पर्यटकहरु बाक्लो मात्रामा आउने गरेतापनि बस्ने उचित स्थानको अभाव हुदै आएको थियो ।

यसैबिच अब टेण्ट टाउण्ड सुरु भएसँगै सो समस्या
निवारण हुने बताउदै संचालीका श्रेष्ठले सो होम स्टेलाई व्यवस्थीत रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिईन् ।

सो होम स्टेमा पिकनीक स्पट् र बालबच्चाहरुको लागी खेलौनाका सामाग्रीहरुको समेत व्यवस्था गरीएको छ ।

उर्लाबारी-किशान चोक- टाँडी -रमीते सडक निर्माण सम्पन्न भएसँगै उक्त स्थानमा आन्तरीक र बाह्य पर्यटकहरु आउने क्रम बढ्दै गएको स्थानिय बताउछन् ।

मधुमल्लाबाट सो होम स्टे सम्मको दुरी करीब १८ किमी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय