
उर्लाबारी, २७ चैत । मोरङ जिल्लाको उर्लाबारी नगरपालिका विकासको गतिमा छलाङ मार्दै गरेको पालिका हो ।
स्थानियतहमा जनप्रतिनिधीहरु निर्वाचित भएर आएसगै उर्लाबारी नगरपालिकाले पालिकाको समग्र विकास र भौतिक विकासमा तिव्र रुपमा फड्को मारीरहेको छ ।
विकासको गतिमा अगाडी बढीरहेको यस पालिकामा पछिल्लो समय उर्लाबारी-२ मा २ गाउ २ पालिकालाई जोड्ने ‘बेली बृज’ निर्माण कार्य सम्पन्न भएको छ ।
उर्लाबारी र छिमेकी पालिका पथरीशनिश्चरेलाई जोड्ने उर्लाबारी-२ को सुनझोडा-जनटोलमा रहेको सुनझोडा खोलामा १ करोड २२ लाख लागतमा ‘बेली बृज’ निर्माण सम्पन्न भएको हो ।
करिव ६० घरधुरी रहेको उर्लाबारी-२ को जनटोल गाउ झट्ट हेर्दा खोलाले काटेको पथरीशनिश्चरे नगरपालिकाको भुगोल सग जोडिएको अर्कै गाउपालिकाको भुभाग हो जस्तो भान भएतापनि त्यो गाउ उर्लाबारी नगरपालिका भित्रै पर्ने गर्दछ ।
खोलामा पुल नहुदा सो गाउका मानिसहरु बर्खाको समयमा उर्लाबारी सग जोडिन असम्भव जस्तै हुने गथ्र्यो तर अव सो ठाउमा पुल बनेपछि भने उनिहरुले बर्षौ देखी भोग्दै आएको समस्याबाट मुक्ती पाएका छन् ।
वर्खाको बेला खोलमा आउने बाढीका कारण सो गाउका अधिकाश बालबालिकालाई पारीपट्टी रहेको सुनझोडा मावीमा पढ्न जान असम्भव हुने गर्दथ्यो । तर अहिले उक्त खोलामा आटोगाडी, मोटरसाईकल वारपार गर्न सक्ने गरीको पुल बनेपछि विद्यार्थीहरुले बर्खाको समयमा समेत बाढीका कारण पढाईबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको वडा अध्यक्ष कुमार कडेलले बताउनुभयो ।
कडेल भन्नुहुन्छ-‘वर्षातको समयमा खोलामा आउने बाढीका कारण सो क्षेत्रका मानिसहरुलाई वडा कार्यालय आउन, नगरपालिका जान, उर्लाबारी, मंगलबारे बजार करिव ६.५ किलोमीटर घुम्नुपर्ने बाध्यता थियो, यो पुल बने सगै ति सवै कुराको अन्त्य भएको छ ।’
सो पुलको शिलान्यास करिव साढे २ वर्ष अगाडी उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागो र बर्तमान वडाध्यक्ष कुमार कडेलले गर्नुभएको थियो।
पुल निर्माण भएसगै जनटोल सहित सो क्षेत्रमा बसोबास गर्ने करिव १ सय ४० घरधुरीका ५ सय भन्दा बढी स्थानिय लाभान्वधित भएको उर्लाबारी वडा सदस्य नर बहादुर धिमालले बताउनुभयो ।
कुल ७२ हजार भन्दा बढी जनसङख्या रहेको पालिका मोरङ जिल्लाका १७ स्थानियतह मध्ये विराटनगर महानगरपालिका बाहेक जनसख्याका हिसावले तेस्रो ठुलो पालिका हो ।
भौतिक विकासका हिसावले उर्लाबारीमा स्थानिय जनप्रतिनिधी निर्वाचित भएर आए सगै पालिकाको समग्र विकास र भौतिक विकासमा तिव्र रुपमा विकास हुदै गएको स्थानियले बताउछन् ।



