पथरी, ९ बैशाख । नेपाली भाषी भुटानी शरणार्थीहरुका लागी शिक्षा, स्वास्थ्य तथा खाध्यायन्नका क्षेत्रमा काम गर्दै आएको ईन्ट्रा फाउन्डेशनले पथरीशनिश्चरेको शिवीरमा स्वास्थ्य चौकी संचालनमा ल्याएको छ ।
नेपाली भाषी भुटानी शरणर्ाथीहरु तेस्रो देश पुर्नवास सगै अमेरिकामा खोलीएको ईन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले पथरी शनिश्चरे नगरपालिका- १० शिवीर डाडामा ५ बेड क्षमताको स्वास्थ चौकी संचालनमा ल्याएको हो । ..
फाउन्डेशनले शिविरमा रहेका बालबालिका र बृद्धअबश्थाका आमाबाबुहरुले सामान्य उपचार नपाएर ज्यान गुमाउनु परेको समस्यालाई हल गर्ने उदेश्यले शिवर र स्थानीय जन्ताको लागि उपचारको सेवा प्रदान गर्ने स्थानीय सरकारको स्वामित्व संचालन हुने गरि पथरी नगरपालिकालाई स्वास्थ्य चौकी र एम्बुलेन्स हस्तान्तरण गरेको छ । साथै झापाको दमक नगरपालिकालाई समेत अर्को एम्बुलेन्स उपलब्ध गराएको फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताउनु भयो ।
उक्त स्वास्थ्य चौकीको उद्घाटन कोशि प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रिवन काटेर उद्घाटन गर्नुभयो ।
स्वास्थ्य चौकीको उद्घाटन गर्र्दै मुख्यमन्त्री कार्कीले नेपाल बाहिर विभिन्न देशमा शरणार्थी भएर गएका नेपालीहरुलाई नेपाली कला,संस्कृति भाषा,नेपाली पहिचान र नेपाली पन जोगाउन नेपालीहरुलाई एकजुट गराउने अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले खोलीएको इन्ट्रा फाउन्डेसनको कार्य सर्हानिय भएको बताउनु भयो ।
लामो समयदेखि यस फाउन्डेसनले नेपालमा रहेका शरणार्थी शिविरमा भएका समस्यालाई आर्थिक र सामाजिक रुपले धेरै सहयोग गर्दै आएको छ ।
हाल संचालनमा ल्याइएको स्वास्थ्य चौकीमा धरानमा रहेको विपी कोईराला स्वाथ्य प्रतिष्ठानले आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्रतिष्ठानका डाक्टर रविन मास्केले गर्नुभएको छ ।
नेपाली भाषी भुटानी शरणर्नार्थी तेस्रो देश पुर्नवास भए सगै पथरी र दमकको बेलडागी शिवीरमा रहेको विविध कारणले परिवार सगै तेस्रो देश जान नपाएका करिब ६ हजार शरणार्थीहरुको यविबेला शिक्षा, स्वास्थ्य र जिविको पार्जनमा समस्या थपिदै गएको छ ।
ADVERTISEMENT