मोरङ, १८ बैशाख । नेकपा एमाले नेता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम-२ मा गत शनिबार उपनिर्वाचन सम्पन्न भयो ।
शनिबार सम्पन्न उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणाम मंगलबार सार्वजनिक हुदा रवि लामिछाने नेतृत्वको पार्टी रास्वपा बाट उम्मेदवार बनेका मिलन लिम्वुको जमानत जफत भयो ।
लिम्वु सहित अन्य १६ उम्मेदवारको पनि जमानत जफत भयो भने ईलाम-२ मा सुहाङ नेम्वाङले काग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तर सहित कुल २७ हजार ७७२ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिष्पर्धी डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भए ।
यता सामाजिक संजालमा चुनावताका आक्रमक प्रचार गरीरहेको रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भए उनको कुल झरेको मतको १० प्रतिशत मत पनि कटेन र उनको जमानत जफत बन्न पुग्यो ।
ईलाम-२ मा ६९ हजार ३७४ मत गणना भएको थियो । ९०२ मत बदर भएको थियो ।
निर्वाचनपूर्व रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिए पनि मतगणनाको अन्तिम परिणामले उनि र उनी सम्मिलित पार्टी निकै कमजोर देखियो ।
उपनिर्वाचनपूर्व गरिएका चुनावी विश्लेषणमा यो क्षेत्रमा एमाले र कांग्रेस उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने दुवै पुराना पार्टीको मत पहिचापक्षधर स्वतन्त्र उम्मेदवारले काट्ने र तेस्रो मानिएको रास्वपा त्रिपक्षीय लडाईको फाईदा उठाउदै विजयी बन्ने आंकलन गरिएको थियो ।
तर रास्वपा अनुमान गरिएभन्दा निकै कमजोर देखियो । रास्वपाले यो क्षेत्रमा अपेक्षित मत हासिल गर्न नसक्नुका ५ कारणहरू यस्ता छन् ।
छन् ।
रास्वपा उम्मेदवार मिलन लिम्वुको अभिव्यक्तिः
रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बू प्रारम्भमा स्वतन्त्र उम्मेदवार बन्ने मुडमा थिए । इलाम-२ को चुनावी मैदानमा खडा १९ उम्मेदवारमध्ये सबैभन्दा पहिले उम्मेदवारी घोषणा गर्ने उनी नै थिए ।
एमाले, कांग्रेसलगायतका दलभित्र उम्मेदवार कसलाई बनाउने भन्ने गानगानगुनगुन चल्दै गर्दा उनी भोट भाग्दै जनताको घरदैलोमा पुगिसकेका थिए ।
प्रारम्भमा उनीप्रति केही आकर्षणसमेत देखिएको भएता पनि विस्तारै विस्तारै उनको त्यो आर्कषणता धरमराउदै गएको थियो ।
रास्वपाले पार्टीभित्रै योग्य आकांक्षीहरू हुँदाहुँदै पनि प्रभावशाली जनजाती नेताको खडेरी लाई इलामबाट पुर्ताल गर्न मिलन लिम्वुलाई पूर्वी क्षेत्रको पहिलो जनजाति नेताका रूपमा स्थापित गर्ने सोचसहित पार्टी केन्द्रीय सदस्य रमेश प्रसाईंदेखि स्थानीय बौद्धिक नेता महेन्द्रबहादुर थापासम्मलाई पन्छाएर माओवादीबाट भर्खर बाहिरिएका ‘उग्र पहिचानवादी’ युवकलाई पार्टीमा ल्याएर टिकट दिएको थियो ।
अस्थिर स्वभावका लिम्वुले चुनाव हारिसकेपछि लिम्बू अव रास्वपामै रहलान या नरहलान भन्नेमा पार्टीभित्रै धेरैलाई शंका उत्पन्न भएको एक नेता बताउछन् ।
ऋषि धमलाले चुनावताका निर्वाचन क्षेत्रमा गएर गरेको एउटा टेलिभिजन कार्यक्रममा एक सर्वसाधारणले ‘तपाईं हिजो जहा क्षेत्री भेटिन्छ त्यही घाटी रेटिन्छ भन्ने अभियानमा हुनुहुन्थ्यो, त्यो के भयो ? भन्ने प्रश्न तेस्र्याएका थिए मिलनले त्यसको जवाफ आफू त्यस्तो अभियानमा लागेको प्रमाणित भएमा सेरिन तयार छु भनेर जवाफ फर्काए । तर, उनको जवाफलाई इलामेली जनताले नस्विकारकोे जनमत मार्फत जवाफ फर्काइएका छन् ।
रास्वपाले संसदमा २१ बाट २२ सीट पुर्‍याउनका लागि आफ्नो सबै शक्ति इलाममा खन्याएको थियो । रवी आफैं पटक-पटक इलाम आएर १००/१५० जनाबीच भाषण गरिरहेका हुन्थ्ये भने रास्वपाकै अर्का नेता रमेश प्रसाईं ‘रिङके बुङको रागो’ गीतको प्यारोडी बनाएर चुनावी गीत गाएर हिँडिरहेका थिए ।
सहकारी प्रकरणलाई लिएर आफु र आफ्नो पार्टीमाथी भइरहेको चौतर्फी प्रहार र घेराबन्दीबीच चुनाव जितेर आलोचकहरूलाई गतिलो जवाफ दाउ कसेका लामिछानेलाई ईलाम-२ ले ‘हात्ती आयो हात्ती आयो फुस्स’ बनाईदिएको स्वतन्त्र विश्लेषण छ ।
हुनत ईलामको जनमतले सिंगो देशको प्रतिनिधित्व त नगर्ला तर यो ईलामले दिएको मतपरिणामले रविको खस्कदो लोकप्रियता, रास्वपा प्रति आमजनमानसको विश्वासमा कमी ल्याएको भने पक्कै देखाउछ ।
मिसन २०८४ को महत्वकाक्षा राखेर अगाडी बढ्दै गरेको नया शक्ति रास्वपालाई ईलामको जनमतले झकझक्याएको छ ।
रास्वपा सभापति लामिछाने माथि उठेका प्रश्नः
रवि लामिछाने पत्रकारिता क्षेत्रमा रहदा होस या राजनितीमा छलाङ मार्दा होस उनलाई केही वर्षदेखि विवादले छाडेको छैन । त्यसो त उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना विवादकै बीच गरेका हुन् । रास्वपा स्थापनापछि उनी एकपछि अर्को विवादमा थप फस्दै गएका छन् ।
नागरिकता र राहदानी प्रकरणमा अदालतको आदेशबाट मन्त्री, सांसद र दलको सभापति गुमाएका उनी उपनिर्वाचनबाट पुनः सांसद बनेर सत्तारोहण गर्न सफल भए । तर त्यसपछि पनि उनलाई विवादले पछ्याउन छाडेको छैन ।
राजनीतिमा आउनुपूर्व आबद्ध ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई सहकारी ठगी प्रकरणमा उनीसमेत तानिएका छन् । यो प्रकरणमा रवि प्रत्यक्ष संलग्न रहेको अहिलेसम्म प्रमाणित भएको छैन । तर यसप्रति स्वतन्त्र छानबिन नहुँदा उनीप्रति जनमानसमा संशय चुलिदै गएको थियो ।
उनि सम्मिलित सहकारी विवादले ईलामका जनतालाई छोएको त थिएन तर सत्ताशक्तिको बाघडोर सम्हालेका लामिछानेको सहकारी विवादमा देखिएको मौनताको जवाफ भने इलामेली जनताले घण्टी नबजाई दिएका छन् । भने, कतिपयले रवि लामिछाने मुछिएको सहकारी विवादले गर्दा पनि नतिजामा प्रभाव परेको विश्लेषण गरेका छन् ।
पुराना राजनीतिक दलको असन्तुष्टिको फाइदा उठाउँदै संसदमा चौथो शक्तिशाली हैसियत बनाएको रास्वपा दोस्रो पटक रवि लामिछानेकै नेतृत्वमा सत्तायात्रामा छ । रवि स्वयं उपप्रधान तथा गृहमन्त्रीमा आशिन छन् ।
रास्वपा दोस्रो पटक सम्मानजनक भूमिका लिएर सरकारमा सामेल भए पनि रास्वपाका मन्त्रीहरूले खासै उल्लेख्य काम गर्न नसेकेको जनमानसमा चर्चा यथावत नै छ ।
रवि लामिछाने स्वयंले पनि गृहमा दोहोरिएपछि सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नियन्त्रणमा लिने बाहेक अरू केही गर्न सकेका छैनन् । बरू उनी प्रहरी संगठनको सरुवा-बढुवामा हाबी भएर हस्तक्षेप गर्न उद्यत देखिएका छन् ।
सुन तस्करी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने भनेर सुरुमा प्रतिबद्धता जनाएकोमा त्यसमा पनि उनले रहस्यमय मौनता साँधिरहेका छन् । यसले रास्वपा पनि पुरानै दलजस्तै हो भन्ने सन्देश गएको र त्यसको असर इलाम-२ को उपनिर्वाचनमा देखीएको छ ।
जे होस् इलाम २ को चुनावले रास्वपालाई राम्रै धक्का लागेको छ । उपनिर्वाचनमा रास्वपाले इलामामा घन्टी बजाउन सकेन, बरु इलामेली जनताले नै रास्वपाको घन्टी बजाइदिएका छन् ।
हुनत एउटा क्षेत्रको जनमतले सिंग्गै देशको प्रतिनिधित्व त गर्दैन तैपनि यो रिजल्टले रास्वपाको लोकप्रियता धरमर अवस्थामा पुग्दैछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
परम्परागत दलको पकड क्षेत्रः
इलामलाई परम्परागत दल नेपाली कांग्रेस र एमालेको राम्रो पकड क्षेत्रका रुपमा मानिन्छ । यो क्षेत्रबाट लामो समयदेखि एमालेले एक छत्र जित हासिल गर्दै गएको छ ।
गत निर्वाचनमा मात्र नभएर अघिल्ला निर्वाचनमा पनि यो क्षेत्रबाट नेकपा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेको देशव्यापी कन्तबिजोग भए पनि इलाममा सुवासचन्द्र नेम्वाङले जित निकालेर बीउ जोगाएका थिए ।
देशका अन्य क्षेत्रमा पुराना दलका मतदाता नयाँ वैकल्पिक राजनीतिक शक्तिसँग आकर्षित देखिए पनि यहाँका मतदाताले भरोसा गर्न सकेको देखिँदैन । इलाम-२ को उपनिर्वाचनको अन्तिम मतगणनाको परिणामले पनि यही संकेत गरेको छ ।
ग्रामीण इलाकाका जनताप्रति रास्वपाको सधै उपेक्षित व्यवहारः
०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले चामत्कारिक नतिजा निकालेको थियो । उक्त निर्वाचनमा दुर्गम र विकट ग्रामीण इलाकामा रास्वपाप्रतिको आकर्षण कम देखिएको थियो भने परम्परागत दल एमाले र कांग्रेसप्रति बढी देखिएको थियो ।
विवेकशील मतदाता बढी रहने शहरी र सुगम क्षेत्रमा चाहिँ यसको ठीक उल्टो रास्वपाप्रति आकर्षण देखिएको थियो ।
यही नतिजाका कारण ग्रामिण क्षेत्रका जनतालाई उपेक्षा गरेर सामाजिक संजालमा रंगिविरङगी स्टाटस लेख्ने रास्वपाका नेताकार्यकर्ताकै कारण पनि ग्रामिण भेगका जनतामा रास्वपाप्रति हिनताबोध भाव राख्ने गरेको विश्लेषण छ ।
चुनावी प्रचारमा गाउगाउमा पुगेर हातजोडेर जनमत मागेपनि मतपरिणाम आउदै गर्दा रास्वपा पछि पर्दै गएपछि उसले फेरी त्यही चितवनकै जस्तो ईलामका ग्रामिण भेगका जनतालाई उपेक्षा गरेर हाम्रो ‘कोर एरिया’ शहर हो भन्दै स्टाटस लेख्न थाले तर ईलामका जनताले रास्वपाको उपेक्षित चरित्र चितवन बाटै बुझि सकेको र त्यही बुझेर ईलामेली जनताले चरित्र अनुसारको व्यावहार गरेको एक थरीको विश्लेषण छ यस्तै कारण  मध्येको अर्को कारण स्वतन्त्र उम्मेदवार पनि हुन तर यो कारणलाई महत्वपुर्ण कारण नमानेता पनि कारण मध्येको  कारक  तत्व मान्न सकिन्छ ।
इलाम-२ मा स्तन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले राम्रो मत पाएका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भए ।
थेगिमले विजयी बनेका सुहाङले प्राप्त गरेको मत भन्दा लगभग करिव ६० प्रतिशत मात्र कम मत ल्याएका छन् । सुहाङले २७ हजार ७७२ मत ल्याउदा थेगिमले ११ हजार ४५७ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्दी रास्वपाका उम्मेदवार मिलन लिम्वुले ५ हजार ५० मत ल्याएर चौथो बनेका छन् ।
काग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याएर दोस्रो भएका छन् ।
स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएका थेगिमले प्राप्त गरेको मत सम्मानजनक हो उनले पाएको मत हेर्दा पहिचानवादी र विवेकशील मतदाता उनीप्रति आकर्षित भएको देखिन्छ ।
पहिचानवादी र विवेकशील मतदाता लिम्बूप्रति आश्वस्त हुन नसक्नु पनि रास्वपाको मत सम्मानजनक ढंगले नआउनुको अर्को कारण देखिन्छ ।
प्राइमरी इलेक्सन नगरी लिम्वुलाई टिकट दिनुः
रास्वपाले इलाम २ मा उम्मेदवार छनोट नै स्वस्थ तवरबाट नगरेका कारण पनि हार व्यहोर्नु परेको बताईन्छ । पार्टीको विधानमा प्राइमरी इलेक्सनबाट उम्मेवार छान्ने व्यवस्था भएपनि नेतृत्वले सो व्यावस्थालाई कुल्चिर उम्मेदवार छनौट गरेको हो ।
पार्टीमा प्राइमरी इलेक्सनका लागि आह्वान भएपनि त्यो देखावटी मात्रै भएको र सभापति रविले पहिल्यै माथिबाट सेटिङ मिलाएर लिम्बुलाई उम्मेदवार बनाउने निश्चित भइसकेपछि प्राइमरी इलेक्सनको लागि दरखास्त मागियो । मिलनसहित ६ जनाले दरखास्त दिए । तर, उम्मेदवारीका लागि आवेदन दिनेहरूले आफूलाई परीक्षामा उतार्न पाएनन् ।
रास्वपा नेतृत्वले नै उनीहरूलाई पार्टी कार्यालयमा बोलाएर साझा उम्मेदवार तय गर्न ‘आग्रह’ गर्‍यो, जुन घुमाउरो तवरबाट दबाब थियो । यदि प्राइमरी इलेक्सन भएको भए महेन्द्रले बाजी मार्न सक्थे । यही डरले गर्दा उम्मेदवारहरूलाई मिलनका नाममा सहमति जुटाउन लगाइयो । सभापति लामिछानेको आशय बुझिसकेपछि कसैले पनि इन्कार गर्न सक्ने अवस्था भएन र आकक्षी नेताहरु भित्रै रुष्ट नबन्ने कुरै भएन । यो प्रक्रिया पनि रास्वपा हार्नुको अर्को कारणका रुपमा हेरिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय