उर्लाबारी, १९ वैशाख । मोरङको मिक्लाजुङ गाउपालिका-१ सातबोटे बस्ने २६ बर्षिया अस्मिता राई यतिबेला नवजात शिशु हत्या आरोपमा थुनामा रहेकी छिन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा दिनरात कटाउन थालेकी राईले शिशुको ‘बा’ विदेशमा रहेको प्रहरीलाई बताएकी छिन् ।
हाल बैदेशिक रोजगारीमा रहेका एक स्थानिय पुरुष सगको शारिरिक सम्वधका कारण आफु गर्भवती भएको र करिब ५/६ महिना अघि उनि विदैशिक रोजगारीमा गएको प्रारम्भिक बयानमा उनले खुलाएको प्रहरीले जनाएको छ ।
अस्मिताका श्रीमान बैदेशिक रोजगारीका शिशिलामा करिव १ वर्ष अघि देखी कतारमा रहेका छन् । श्रीमान कतारमा श्रम गरिरहेका भएपनि यता अस्मिता भने स्थानिय एक पुरुष सग प्रेम सम्वधमा रहेको र उनकै गर्भ आफ्नो पेटमा रहेको उनले प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ ।
श्रीमान विदेशमा हुदाहुदै परपुरुष सगको प्रेम सम्वधका कारण ९ महिनाको गर्भवती भएपछि राईले सोमबार शिशुलाई घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा जन्माएर हत्या गरी ढुंगाको चेपमा कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको थियो ।
बाँसघरीबाट १० मिटरजति पश्चिममा रहेको ढुंगाको चेपमा शिशुको हत्या गरी शव लुकाएर घर फर्कदै गरेकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए ।
सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धान ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दास नेतृत्वको टोलीले गरीरहेको छ ।
हत्यागरी फालिएका शिशुको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय