उर्लाबारी, २० वैशाख । कोशी प्रदेशको झापा र ईलाममा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
बुधबार इलामको रोङ गाउँपालिका- ४ बाघखोर स्थित मेची राजमार्गमा झापाबाट ईलाम जादै गरेको मे १ ज ३२६३ नम्बरको भेन आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर तल झरी दुर्घटना हुँदा भेन चालक देउमाइ नगरपालिका- ६ का २५ बर्षीय दिपेश राईको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै हिजो नै भएको अर्को सवारी दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका- ६ रुपचनबारीमा मोटरसाईकलले स्थानिय पैदल यात्रि वर्ष ४५ का बन मुर्मूलाई ठककर दिदा उनको उपचारका क्रममा विर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पदैल यात्रीलाई ठक्कर दिने प्र १-०१-०१३ प ५७८४ नम्बरको मोटरसाइकल र सोका चालक ३४ बर्षीय बसन्त राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय