पथरी, २० वैशाख । मोरङको पथरीशनिस्चरे-३ श्रीजंगा चौकमा विहिबार विहान भएको सिटी सफारी दुर्घटनामा एक महिला गम्भिर घाईते भएकी छिन् ।
दुर्घटनामा परी सिटीमा यात्रा गरीरहेकी पथरीशनिश्चरे-२ बस्ने वर्ष ४५ की पार्वती बुढाथोकी गम्भिर घाईते भएकी हुन ।
कल्याण चौकबाट भेटघाट चौक आफन्तको पाहुना हिडेकी बुढाथोकी चढेको प्र-०२-००३-ह-१६४४ नम्वरको सिटीसफारी श्रीजंगा चौकको घुम्तीमा अनियन्त्रीत भई पल्टीदा महिलाको देब्रे हातै चुडिनुका साथै टाउकोमा समेत गम्भिर चोट लागेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
यस्तै सिटी सफारीका चालक पथरीशनिश्चरे-२ बस्ने वर्ष अन्दाजी ३५/४० वर्षका जस्ता देखीने शरन बहादुर तामाङ पनि घाईते भएका छन् ।
उनको शरिरका विभिन्न भागमा चोट लागेपनि उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईते दुवैको विर्तामोड स्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय