उर्लाबारी २२ बैशाख
मोरङको उर्लाबारी-४ ओम सत्य साई पेट्रोल पम्प दक्षिण स्थित दोश्रो आदिवासी जनजाति फुड फेस्टिबल तथा मिनि महोत्सव ११ दिनसम्म सुरु भएको छ ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख वा कार्यक्रम प्रमुख अतिथि गंगाप्रसाद खरेलको हस्तबाहुलिबाट बिरुवामा पानी हालेर कार्यक्रम उद्घाटन भएको हो । उद्घाटनको पहिलो दिन उर्लाबारीको चिउरामिल, बरगाछी, मुख्य चोक हुँदै कार्यक्रम स्थलमा प्रवेश गरेको थियो । फेस्टिबलमा स्थानीय राई, लिम्बु, धिमाल, तामाङ, मगर, किराँत याख्खा छुम्मा, माझी, नेवार, भुजेल, दनुवार, सन्थाल लगायतको सहभागीता रहेको थियो भने प्रत्येक जातिको झाकी प्रदर्शन भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीको आयोजना र उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको हो । स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत प्राकृतिक जडीबुटीसहितको खानाका परिकारका स्टल रहेको छ ।
कार्यक्रममा आदिवासी खानाका परिकार, राष्ट्रिय स्तरका कलाकारहरु, उर्लाबारीमा रहेका विभिन्न जातजातिको प्रस्तुति, बैन्ड, रोटेपिङ, नाउ, साँझ सांस्कृतिक कार्यक्रम रहेको समितिका सचिव नारायण चाम्लिङले मार्फत जानकारी दिए ।
उर्लाबारीमा भएका आदिवासी जनजातिहरुको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र आहाराको संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाहरुको जगेर्ना र संरक्षण गर्ने, खानाको बजारीकरण गरी व्यवसायमा सहयोग गर्ने, आदिवासी जनजातिहरुको नेतृत्व विकाश र शसक्तिकरणमा सहयोग पुर्याउने, नगरपालिका र परिषद् परिवारबीचमा सम्बन्धहरु सुमधुर कायम गर्ने, स्थानीय गाउँ तथा टोलसम्म आदिवासी जनजातिहरुको संगठन निर्माणका लागि सहयोग पुग्ने आयोजकका अध्यक्ष समशेर लिम्बुको भनाइ राखेका थिए । कार्यक्रमका लागि नगरपालिकाले ५ लाख रुपैया बजेट सहयोग भएको र अन्य विभिन्न सहयोगी दातहरुबाट संकन वा सहयोगमा कार्यक्रम भएको समितिका कोषाध्यक्ष रिता तामाङले जानकारी दिइन् । आदिवासीले पुर्खाको पालादेखि खादै आएको परिकार स्वास्थ वर्दक र जडिबुटी जन्य रहेको, खादा कुनै असर नगर्ने कुरारख्दै तीन तहकै सरकारले आदिवासीलाई नचिनेझै गरिरहेको अवस्थामा आदिवासी को हुन ? भनेर चिनाउन र सरकारको नीति नियमले दिएको हकअधिकार सुनिस्चित संगै प्रयोगमा ल्याउन आवस्यक रहेको त्यसैले यस्ता कार्यक्रम गर्नुपर्ने प्रष्ट पारे अभियानतारसमितिका सल्लाहकार रुद्र तनमाङ ।
कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, बिशिस्ट अतिथि दिलु लिङदेन अतिथिहरुमा विभिन्न संघसंस्थाको प्रतिनिधिहरु, राजनिक दलका प्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी र जनप्रतिनिधिहरु रहेका भिए भने नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीका अध्यक्ष समशेर लिम्बुको सभापतित्वमा भएको थियो भने कार्यक्रम समितिका सचिव नारायण चाम्लिङले संचालन गरेका थिए । आज पहिलो दिन गायिका रचना रिमालको प्रस्तुति रहने आयोजकले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय