उर्लाबारी, २५ वैशाख । मोरङको उर्लाबारी-२ डुम्रे घर भएकी एक १९ वर्षिया किशोरीले आत्महत्या गरेकी छिन् ।
सुनपकुवा माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययन गर्ने १९ वर्षिया मनिषा बस्नेतले आफ्नै घरमा पासो लागेर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
सोमबार राति करिव ८ः३० बजेतिर कोठामा उनी झुण्डिएको देखेपछि उनका बुबाले उद्धार गरी उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगेका थिए । उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भई सकेको अस्पतालले जनाएको छ ।
हाल उनको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको भएपनि मृतकका मामलीले शवको पोष्टमार्टम मदन भण्डारी अस्पतालमा गर्न नमानेपछि उनको शव पोष्टमार्टमका लागि अन्यन्त्र लैजाने बारे छलफल भईरहेको प्रहरीले जनाएको छ । बुबा र सौतेनी आमा सग बस्दै आएकी मनिषा जेठी छोरी हुन भने उनी एक वहिनी पनि रहेकी छिन् ।
घटनाका बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय