रंगेली, वैशाख २८ । नेपाली नक्कली नोट सहित मोरङबाट एक महिला पक्राउ परेकी छिन् ।
मोरङको रङगेली नगरपालिका-९ दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिलालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-५ टकुवाकी ४० बर्षीया कुरेसा खातुनलाई ५ सय दरका १८ थान नेपाली नक्कली नोट सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रंगेलिले जनाएको छ ।
करिव ९ हजार नेपाली नक्कली नोट सहित पक्राउ परेकी खातुनको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय