उर्लाबारी, ३१ वैशाख । नेपाली कांग्रेसको भाृत संगठन नेपाल लोकतान्त्रिक आदिवासी महासंघको अधिवेसन अन्योलमा परेको छ ।

मोरङ क्षेत्र-१ मा रहेका ४ पालिकाको ३७ वडामा पालिका स्तरिय अधिवेसन सम्पन्न गरेर क्षेत्रको अधिवेसनको मिती तोकेपनि क्षेत्रिय अधिवेसन भने पटक-पटक सर्ने गरेको छ ।

कांग्रेसको मेरुदण्डका रुपमा रहेका विभिन्न १३ भातृ संगठनहरुमध्येको आदिवासी महासघको क्षेत्रिय अधिवेसन पटक-पटक मिती तोकेर तोकिएको समयमा गर्न नसकेपछि काग्रेसको क्षेत्रिय नेतृत्व र जिल्ला नेतृत्वमाथी कार्यकर्ताले प्रश्न गर्न थालेका छन् ।

पार्टीको क्षेत्रिय नेतृत्वले अधिवेसनको पहिलो मिती यही वैशाख १४ गतेका लागि केराबारीमा हुने भनेर मिती तोकेको थियो । केराबारीमा हुने भनिएको अधिवेसनमा क्षेत्रिय सभापतिमा केराबारीका विमल राई र उर्लाबारीका विनोद राईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

दुवै उम्मेदवारले आ-आफ्नो उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मतीका लागि क्षेत्रिय नेतृत्व र जिल्ला नेतृत्वले पहल गरेपनि सहमती जुट्न नसकेपछि दुवै नेतृत्वको सहमतिमा अधिवेसनको अर्को मिती बैशाख २८ गतेलाई तोकिएको थियो।

वैशाख २८ गते हुने भनिएको अधिवेसन तोकिएको समयमा गर्न नेतृत्वले आनाकानी गरेपछि अधिवेसन अन्योलमा परेको छ ।

बर्तमान समयमा कांग्रेसलाई ग्रासरुट देखी नै बलियो बनाएर लैजानुपर्ने आवश्यता भएपनि नेतृत्वपंक्तिले तोकिएको समयमा अधिवेसन गराउन नसकेर अर्कमण्यता देखाएको कांग्रेसी कार्यकर्ताहरु बताउछन् ।

अभिवेसनको मिती पटक-पटक सरेपछि हामीले नेपाली काग्रेस मोरङका क्षेत्रिय सभापति शंकर राईलाई मिती के कारण सरेको हो भनेर प्रश्न गर्दा सभापति राईले भन्नुभयो-‘अहिले हामिले क्रियाशिल नविकरणमा ध्यान दिने बेला आएको छ, आदिवासीको मात्रै नभएर सावै भातृ संगठनको गर्नुपर्ने छ, सवैको एकै चोटी गर्ने भनेर हामीले हिसाव गरेका छौ, त्यही अनुसार गर्ने हो।’ भनेर जवाफ दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय